कोरोनाका कारण २ लाख ६ हजार बढीको मृत्यु

एजेन्सी । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंले बढिरहेको छ ।

पछिल्लो तथ्यांक अनुसार २ लाख ६ हजार ९ सय ८९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संक्रमितको संख्या भने २९ लाख ९४ हजार ७ सय २१ पुगेको छ ।

संक्रमितमध्ये ८ लाख ७७ हजार २ सय ५४ जना उपचारपछि निको भएका छन् । कोरोनाका कारण सबैभन्दा बढी आक्रान्त बनेको अमेरिकामा ९ लाख ८७ हजार २९ जना संक्रमित हुँदा ५५ हजार ४ सय १३ जनाको मृत्यु भएको छ ।

यूरोपमा कोरोनाबाट बढी प्रभावित बनेका इटाली, स्पेन, फ्रान्स, जर्मनीमा कोरोना संक्रमणको गति कम भएको छ । यी मुलुकहरुले लकडाउन पनि खुकुलो पार्दै लगेका छन् ।

स्पेनमा २ लाख २६ हजार ६ सय २९ जना कोरोना संक्रमित हुँदा २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ ।

त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ९७ हजार ६ सय ७५ पुग्दा मृतकका संख्या २६ हजार ६ सय ४४ पुगेको छ ।

फ्रान्समा १ लाख ६२ हजार १ सय जना संक्रमित छन् भने २२ हजार ८ सय ५६ जनाकोे मृत्यु भएको छ ।

उता जर्मनीमा १ लाख ५७ हजार ७ सय ७० जना संक्रमित भएका छन् । मृतकको संख्या ५ हजार ९ सय ७६ पुगेको छ ।

बेलायतमा १ लाख ५२ हजार ८ सय ४० जना संक्रमित हुदा २० हजार ७ सय ३२ जनाको मृत्यु भएको छ ।

भारतमा २७ हजार ८ सय ९० जना संक्रमित हुंदा ८ सय ८१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या १३ हजार ३ सय २८ पुग्दा २ सय ८१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च