काठमाडौ-नेकपामा विवाद उत्कर्ष पुगेका बेला पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच मगंलबार केन्द्रीय सचिवालय बैठक डाक्ने अनौपचारिक सहमति भएको छ।
कोटेश्वरस्थित नेता नेपालको निवासमा सोमबार भएको दुवै समूहको बैठकमा मगंलबारनै केन्द्रीय सचिवालय बैठक बोलाउने सहमति भएको हो।
बैठकमा सहभागि नेता रघुजी पन्तका अनुसार भाेली केन्द्रीय सचिवालय बैठक राख्ने र त्यसले स्थायी कमिटीको बैठकको मिति तय गर्ने सहमति भएको हो।
बैठकमा ओली समूहबाट नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ र शंकर पोखरेल सामेल भएका थिए भने नेपाल समूहबाट भीम रावल, भीम आचार्य, रघुजी पन्त र सुरेन्द्र पाण्डे सामेल भएका थिए।