नवलपुर ।
नवलपुरका विभिन्न इट्टा उद्योगहरुमा कार्यरत पाँच सय बढी भारतीय मजदुरहरु अलपत्र परेका छन् ।
लकडाउनका कारण कच्चा पदार्थ कोइलाको अभावका कारण उद्योग बन्द हुदा उनीहरु अलपत्र परेका हुन् ।
उत्पादन बन्द भएसँगै भारतीय मजदुरहरु घर जान समेत पाएका छैनन् ।
उनीहरुलाई विगत एक महिनादेखि आफुहरुले खानाको व्यवस्था गरेको इट्टा व्यवसायी संघ नवलपुरका सचिव कृष्ण गौतमले बताए ।