धर्म/ज्योतिश

आज भाद्र शुक्ल  द्वितीया, दर खाने दिन

आज भाद्र शुक्ल द्वितीया, दर खाने दिन

धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाण्डौं । हिन्दु महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ । तर नेपाल पञ्चांग निर्णायक समितिका विभिन्न अध्यताहरुले भने शास्त्रीय रुपमा तीजमा निराहार व्रत बस्ने विधान नरहेको बताउने गरेका छन् ।दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी ...
दरको संस्कृतिले लिँदैछ विकृतिको रूप

दरको संस्कृतिले लिँदैछ विकृतिको रूप

धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाण्डौं । वैदिक सनातन हिन्दू धर्मअनुसार भाद्र शुक्ल तृतीयाका दिन तीज पर्व मनाइन्छ । त्यसको अघिल्लो रात दर खाने संस्कृति सनातनदेखि नै चल्दै आएको छ । यो परम्परामा केही वर्षअघिदेखि भने विकृतिको सुरुआत भएको छ । संस्कृतिविद् डा गोविन्द टण्डनले तीजका नाममा सुरु भएको यो विकृतिलाई रोक्नुपर्ने बताए । तीजको एक दिनअघि आमा, दिदी, बहिनी घरपरिवारमा बसेर आडिला चीजबीज खानुलाई दर भनिने उनले सुनाए । तडकभडकका रूपमा मनाउने यस्तो विकृतिले फजुल खर्च बढाएको छ । “अहिले हाम्रो संस्कृतिभन्दा भिन्नरूपमा तीज मनाउन थालिएको छ, यसले नहुनेलाई तनाव दिएको छ, नकारात्मक सोच बढाएको छ, गरिष्ठ कुरा मांस, मदिरा दरमा खाने होइन, सेल, पुरी, खीरलगायत शरीरलाई तागत दिने खानेकुरा दरका रूपमा खाने हो”, संस्कृतिविद् टण्डनले भने । विकृतिका रूपमा मौलाएको तीज भोजले होटल र पार्टीप्यालेस व्यवसायीलाई फाइदा भए पनि संस्कृतिलाई भने विकृ...
आज कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिन यस्तो छ धार्मिक महत्व

आज कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिन यस्तो छ धार्मिक महत्व

जानकारी, धर्म/ज्योतिश
  आज भाद्र कुशे औंसी। बुवालाई सम्मान प्रकट गर्दै देशभर कुशे औंसी भनाइन्छ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्। भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको एक मात्र मेल हो, पिता। त्यसैले आज कुशे औंसी, बुवाको मुख हेर्ने दिनको अवसरमा हरेकले आफ्ना पिता प्रति सम्मान दर्शाउन बुवाको मुख हेर्ने र कोशेली दिने परम्परा छ। कुशै औंसीका दिन पिता हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन्। यस्तै बुवा नहुनेले पिताको सम्झनामा तस्बिर हेरेर वा विभिन्न मन्दिर शक्तिपीठ, देवालय लगायतका पवित्र तिर्थस्थल पुगेर पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्...
२०७९ भाद्र ६ गते, सोमवार, २२ अगस्ट २०२२। भाद्र कृष्णपक्ष एकादशी तिथि. मृगशिरा नक्षत्र, ९ः१९ बजेदेखि आर्द्रा. चन्द्रराशि– मिथुन

२०७९ भाद्र ६ गते, सोमवार, २२ अगस्ट २०२२। भाद्र कृष्णपक्ष एकादशी तिथि. मृगशिरा नक्षत्र, ९ः१९ बजेदेखि आर्द्रा. चन्द्रराशि– मिथुन

धर्म/ज्योतिश
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो बलजफ्ती गर्ने बानीले व्यर्थैमा समस्या उत्पन्न हुनेछ। चिताएका काममा ढिलासुस्ती हुन सक्छ। अल्छीपनाले पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार(व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ। बोली व्यहारमा संयम रहँदै नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह बिछोडिएका परिवारजनस...
आज नाग पञ्चमी स् नागको पूजा गरी ढोकामाथि नागको चित्र टासिँदै

आज नाग पञ्चमी स् नागको पूजा गरी ढोकामाथि नागको चित्र टासिँदै

धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाण्डौ - श्रावण शुक्ल पञ्चमीको दिन आज नाग पञ्चमी पर्व मनाइँदैछ। आज बिहान स्नान गरी दीप, कलश र गणेश पूजा गरी गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामाथि टाँस्नाले सर्प वा नागको डर हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ। नागहरु जस्तै अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुली, कर्कट, शङ्खनाग, शेषनाग आदिको चित्र टाँसिन्छ । यसरी विभिन्न नागको चित्र घरमा टाँस्नाले चट्याङ्गले नहान्ने, आगो तथा सर्पको भय नहुने धार्मिक आस्था तथा विश्वास रहिआएको छ । श्रावण शुक्ल पञ्चमी तिथिका दिनदेखि वर्षायाम समाप्त भइ हिउँद सुरु भएको समेत मानिन्छ। ज्योतिष शास्त्रीय मान्यता अनुसार आजको दिन कुनै शुभ तथा माङ्गलिक कार्य गर्न साइत हेर्नुपर्दैन । कुनै पनि घर तथा भवन निर्माण गर्दा भूमिमा नाग देवताको बास भए विधिवत् रुपमा पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ। आजको दिन काठमाण्ड...
तपाईको आजको राशिफल ( साउन ४ गते बुधवार )

तपाईको आजको राशिफल ( साउन ४ गते बुधवार )

धर्म/ज्योतिश, राष्ट्रिय खबर
तपाईको आजको राशिफल ( साउन ४ गते बुधवार ) ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ? तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ : https://www.youtube.com/watch?v=mBfsTWEbh74&t=48s
तपाईको आजको राशिफल (साउन ३ गते मंगलबार )

तपाईको आजको राशिफल (साउन ३ गते मंगलबार )

जानकारी, धर्म/ज्योतिश
तपाईको आजको राशिफल (साउन ३ गते मंगलबार ) ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ? तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ : https://www.youtube.com/watch?v=8vTJEBz67Os
साउनको पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनहरूको भीड

साउनको पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनहरूको भीड

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौँ । साउनको पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ। आज बिहानैदेखि पशुपति लगायत देशभरका शिव मन्दिरमा भक्तालुजनहरूको पूजाअर्चनाका लागि भीड लागेको हो। काठमाडौँको पशुपतिनाथको मन्दिरमा पनि भक्तजनहरूको उल्लेख्य भीड रहेको छ। साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमवार विशेष पूजा आराधना गर्ने गरिन्छ। सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ। यो वर्ष साउनमा ५ वटा सोमबार परेका छन्। पहिलोपटक व्रत लिनेहरूले ५ वटा सोमबार परेको वर्षमा व्रत बस्नु उचित हुने शास्त्रोक्त कथन छ। सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमवार आजबाट शुरु भएको छ। सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमवार आफैँमा विशेष महत्वको महि...
आज साउने संक्रान्ति मनाइँदै,अर्थात् लुतो फाल्ने दिन कसरी फालिन्छ लुतो पौराणिक विश्वास…

आज साउने संक्रान्ति मनाइँदै,अर्थात् लुतो फाल्ने दिन कसरी फालिन्छ लुतो पौराणिक विश्वास…

धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौं, साउन ०१ प्रत्येक वर्ष साउन १ गते मनाइने साउने ९कर्कट० सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्ब...
तपाईको आजको राशिफल (साउन १ गते आईतवार )

तपाईको आजको राशिफल (साउन १ गते आईतवार )

जानकारी, धर्म/ज्योतिश
तपाईको आजको राशिफल (साउन १ गते आईतवार ) ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ? तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ : https://www.youtube.com/watch?v=mZvsGMLKQpY
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च