गुल्मीकाे धुर्कोटमा नयाँ गुफा भेटिएपछि हेर्न जानेहरूको घुइँचाे
गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा भेटिएको छ । छ दिनअघि हाडहाडेको बर्दबासमा रहेकाे धाराखोलामा झन्डै एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिनुभयाे । गुफा भेटिएको जानकारी पाएपछि अहिले धुर्कोट गाउँपालिकादेखि जिल्ला सदरमुकाम तम्घासलगायतका ठाउँबाट हेर्न जाने मानिसहरूको भिड बढ्दै गएको छ ।
दुम्सीको दुलो भनेर चिनिएको यस ठाउँमा मान्छे छिर्न सक्ने प्वाल रहेको थियो । गुफाभित्र शिवलिङ्ग, गाईका थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर बसेको, नाग तथा खेतबारीजस्तो देखिने विभिन्न आकर्षक आकृतिहरू रहेको वडाध्यक्ष विष्टले बताउनुभयो ।
नयाँ गुफा फेला परेको जनाकारी पाएपछि अहिले मानिसहरू अवलोकनका लागि पुग्ने गरेका छन । पाँच दिनको अवधिमा आठ सय जनाभन्दा धेरैले गुफाको अवलोकन गरिसकेका वडाध्यक्ष विष्टले बताउनुभयो ।
मान्छे लुक्न मिल्...