धर्म/ज्योतिश

भोली खग्रास चन्द्रग्रहण लाग्दै : कुन राशीले हेर्न हुने कुनले नहुने (सम्पुर्ण जानकारी)

भोली खग्रास चन्द्रग्रहण लाग्दै : कुन राशीले हेर्न हुने कुनले नहुने (सम्पुर्ण जानकारी)

Breaking 1, जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौं । मंगलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार यो ग्रहणले मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ र कर्कट राशिलाई सुख फल दिनेछ। यस्तै सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट, तुला राशिलाई स्त्रीपीडा र वृश्चिक राशिलाई सुख फल मिल्नेछ। धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि समितिद्वारा मान्यताप्राप्त पात्रोमा उल्लेख छ। कात्तिक २२ गते साँझ ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुँदैछ। त्यसैले यो ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो। बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ। साँझ ०६ः३४ बज...
आज वैकुण्ठ चतुर्दशी : भगवान् शिव र विष्णुबीच मेल हुने दिन

आज वैकुण्ठ चतुर्दशी : भगवान् शिव र विष्णुबीच मेल हुने दिन

Breaking 1, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, राष्ट्रिय खबर, समाचार
बुटवल । कार्तिक शुक्ल चतुर्दशी अर्थात् वैकुण्ठ चतुर्दशी। चतुर्मास अन्त्य हुँदा गर्दाको यो पर्वलाई सनातन धर्मअन्तर्गत वैष्णवअनुयायीले विशेषरूपमा मनाउँछन्। वैकुण्ठ चतुर्दशीमा भगवान् शिव र विष्णुबीच मेल हुने पुराणमा उल्लेख छ। यसैले यो दिनलाई हरि (विष्णु) र हर (शिव) एक हुने दिन भनिएको छ। यो दिन विशेषगरी भगवान् शिव र विष्णुको विधिपूर्वक पूजाआराधना गर्नाले मृत्युपछि वैकुण्ठलोक प्राप्त हुने बताइएको छ। वैकुण्ठ चर्तुदशीकै अवसरमा विभिन्न तीर्थस्थलमा विशेष पूजा हुन्छ भने कतिपय स्थानमा मेला लाग्छ। यो वर्ष चतुर्मास मंगलबार सकिँदैछ।...
आजदेखि पाल्पामा चिच्याएर वर माग्ने सत्यवती मेला

आजदेखि पाल्पामा चिच्याएर वर माग्ने सत्यवती मेला

जानकारी, धर्म/ज्योतिश, स्थानीय खबर
पाल्पा ।पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दिरमा धार्मिक मेलाका आजदेखि सुरु भएको छ । हरेक वर्षको कात्तिक पूर्णिमाका दिन लाग्ने धार्मिक मेलायो वर्ष कात्तिक २२ गते पसत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा मात्र माग्नुपर्ने जनविश्वास छ । रातको समयमा मन्दिरमा पूजा गर्नुअघि ताल परिक्रमा गर्दा चिच्याउँदै वर माग्ने चलन अझै पनि रहेको स्थानीय बासीको भनाई छ । कार्तिक १८ गतेदेखि सुरु हुने धार्मिक मेलामा १ लाख ५० हजार बढी भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको व्यवस्थापन समितिका अध्यक्ष गाहाले बताए । यसैगरी मेलामा मन्दिरको दानपेटीकामा मात्रै ६ लाख बढी आर्थिक संकलन हुने तथा मेला अवधिभर ५ हजार बढीले स्वरोजगार हुने अवसर प्राप्त गर्ने आयोजकको अपेक्षा छ । मेलास्थलमा व्यवस्थित पार्किङसहित १५० बढी स्टल राखिने व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा भाकल गरेमा मनोकांक्षा पूरा हुने विश...
आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

जानकारी, धर्म/ज्योतिश
काठमाडौं । आज (शुक्रबार) कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीेलाई मानिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । अशाढ शुक्ल एकादशीको दिन भगवान विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ । हरिबोधिनी एकादशीका दिन भगवान विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै प्रार्थनाको प्रभावले निन्द्राबाट ब्यूँझिएको धार्मिक कथन छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन ...
छठको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Breaking 1, जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौं । मिथिलाञ्चलको विशिष्ट पर्व छठको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीमा व्रतविधि सुरु गरेका व्रतालुले आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन्। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत पूरा हुन्छ। व्रतालुले दिनभर निराहार व्रत गर्नेछन्। साँझ पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यो विधिलाई मिथिलाञ्चलमा ‘सझिया घाट’ र ‘सझुका अरख’ भनिन्छ। षष्ठीका दिन निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यको पूजा–आराधना गरी अर्घ्य दिँदा दुःख र दरिद्रताबाट मुक्ति पाइने र छालाको रोग लाग्दैन भन्ने विश्वास छ। कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रतालुले यो व्रत सुरु गर्छन्। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (ख...
तिहारको पाचौँ दिन आज भाइटीका :११ बजेर ३७ मिनेटमा उत्तम साईत

तिहारको पाचौँ दिन आज भाइटीका :११ बजेर ३७ मिनेटमा उत्तम साईत

Breaking 1, जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाण्डौ । यमपञ्चक अर्थात् तिहारको पाचौँ दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको उहाँले बताउनुभयो । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी ...
गाईहरुको संरक्षणका लागि गुल्मीमा मुठ्ठिदान अभियान सुरु

गाईहरुको संरक्षणका लागि गुल्मीमा मुठ्ठिदान अभियान सुरु

Breaking 1, जानकारी, धर्म/ज्योतिश, स्थानीय खबर, स्वास्थ्य
गुल्मी । गुल्मीमा गाईहरुको संरक्षणका लागि मुठ्ठिदान अभियान सुरु गरिएको छ । जिल्लाको ऐतिहासिक, धार्मिक, पौराणिक, देवगीरी, एवम् अमृतभूमिको रुपमा परिचित रेसुंगा गौशालामा रहेका गाई संरक्षणका लागि मुठ्ठिदान अभियान सुरु भएको हो । रेसुंगा संरक्षण समितिले विगत केही वर्षदेखि यो अभियानलाई सञ्चालन गरेको संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो । यस वर्ष पनि विगतका वर्षमा जस्तै मुठ्ठिदानका लागि सबैलाई भुसालले आग्रह गर्नुभएको छ । विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष समेत रहनुभएका भुसालले भन्नुभयो, “आज (मंगलबार) गाईपूजा औंसीका दिन सूर्य ग्रहण परेको छ ।” “सो समयमा पूजाआजा हुँदैन् भन्ने भ्रम पनि कतिपय मानिसमा पर्न सक्छ । त्यस्तो भ्रममा नपरी यस वर्ष पनि विगतको वर्षमा जस्तै गौपूजा औंशीको अवसरमा नियमित पूजा हुन्छ ।” मुठ्ठिदान अभियान घरघरमा लग्न आग्रह गर्दै यो अभियानमा...
आज कागतिहार : कागलाई मीठा चीजबीज खान दिएर मनाइँदै

आज कागतिहार : कागलाई मीठा चीजबीज खान दिएर मनाइँदै

Breaking 1, जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाण्डौ । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिइ खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आएर कराएमा शुभ बोल भन्ने प्रचलनसमेत छ । काग घरवरपर आएर कराएमा उसले केही खबर लिएर आएको विश्वास समेत गर्ने गरिन्छ ।...
झडेवा स्वास्थ्य चौकीमा कुपोषणको बहिरंग सेवा सुरु !

झडेवा स्वास्थ्य चौकीमा कुपोषणको बहिरंग सेवा सुरु !

धर्म/ज्योतिश, स्थानीय खबर
पाल्पा – जिल्लाको माथागढी गाउँपालिका वडा नंं. ४ झडेवा स्वास्थ्य चौकीमा कुपोषणको बहिरंग उपचार केन्द्रको सुरुवात गरिएको छ । गाउँपालिका भित्रका बालबालिकाको पोषण र स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले बहिरंग उपचारक केन्द्रको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदिले बताउनुभयो ।कार्यक्रममा उपाध्यक्ष विष्णु माया लुङ्चे, प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, वडा अध्यक्ष शंकर दर्लामी लगायत स्वास्थ्यकर्मीहरु र सेवाग्राहीहरुको सहभागिता रहेको थियो ।नेपालको विध्यमान पोषण स्थितिमा सुधार ल्याउँदै सरकारले सन– २०३० सम्म दिगो विकास लक्ष्य प्राप्तिको लागि बहुक्षेत्रीय पोषण योजना अन्तर्गत सबै पक्षसँगको समन्वयमा केन्द्रको सुरुवात गरिएको स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताउनुभयो । ...
आजदेखि यमपञ्चक सुरु

आजदेखि यमपञ्चक सुरु

जानकारी, धर्म/ज्योतिश
पाल्पा । कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहारअर्थात् यमपञ्चक सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ । यमराजलाई दीपदान ‘बत्तीदान’ गर्ने र कुवेरको पूजा गर्ने परम्परा रहेको छ । आजको दिन हिन्दु परम्परा अनुसार आफ्नो घरको बाहिरपट्टि दक्षिणपट्टि फर्काएर नयाँ माटोको पालामा यमराजलाई दियो अर्पण गरी यमपञ्चक अथवा तिहारको विधिपूर्वक सुरुवात र स्वागत गरिन्छ । यो विधिले अकाल मृत्यु हुनबाट जोगाउँछ भन्ने मान्यता र विश्वास रहेको पाइन्छ । आजैको दिन धन त्रयोदशी अर्थात् धनतेरस पनि परेको छ । यस दिन आफ्नो गच्छेअनुसार आवश्यक सामान, नयाँ भाँडावर्तन वा बहुमूल्य धातु किन्ने प्रचलन छ । यस दिन कुबेरको पूजा गरिन्छ ।...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च