मिटरब्याज पीडितहरुले सडकपेटीमै रात कटाए

काठमाण्डौ – सरकारलाई आफ्ना माग सुनाउन ११ दिन पैदलयात्रा गरेर काठमाण्डौ आएका मिटरब्याज पीडितहरूले गएराति खुलामञ्च अगाडि रात कटाएका छन् । उनीहरु सडकपेटीमै बसेका छन् ।

हिजो प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि मिटरब्याज पीडितहरू रातभर सडकपेटीमै बस्न बाध्य भएका हुन् । उनीहरुले हिजो खुलामञ्चको गेट अगाडि प्रदर्शन समेत गरेका थिए । महोत्तरीको बर्दिवासदेखि ११ दिनको पैदल यात्रापछि आइतवार बिहान उनीहरु काठमाण्डौ आइपुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च