गुल्मीको रुरुक्षेत्र गाउँपालिका देशकै उत्कृष्ट तीनमा,लुम्बिनी प्रदेशमा पहिलो

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका देशकै उत्कृष्ट तीन नम्बरमा परेको छ र लुम्बिनी प्रदेशमा पहिलो भएको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित एक समारोहमा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीलाइ सङ सम्मान गरेकाे हाे ।

स्थानिय सरकार संस्थागत क्षमता मुल्यांकन लिसाको नतिजा सार्वजनिकरण तथा सम्मान कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका सहित ३ वटा गाउँपालिका र ३ वटा नगरपालिकालाई सम्मान गरिएको छ ।

शिंहदरबारमा आयोजित कार्यक्रममा आज नतिजा सार्वजनिक गरिएको हो । संघिय मन्त्रालयका सचिव भरतमणी सुवेदीले उत्कृष्ट स्थानिय तहका प्रमुखलाई दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गर्नुभएको छ ।

गाउँपालिकामध्य धादिङ्गको बेनीघाट रोराङ्ग गाउँपालिका प्रथम, गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका दोस्रो हुँदै सम्मानित भएका छन ।

त्यस्तै नगरपालिका मध्य प्रथम निलकण्ठ नगरपालिका धादिङ्ग, दोश्रो रुपन्देहीको तिलोत्तमा र चितवनको रत्ननगर नगरपालिका तृतिय भएको छ ।

संस्थागत क्षमता मुल्यांकनमा सबैभन्दा कम अंक १२.५ र सबैभन्दा धेरै अंक ९२.५ अंक प्राप्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च