धर्म/ज्योतिश

नवरात्रको चौथो दिन : आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

नवरात्रको चौथो दिन : आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, राष्ट्रिय खबर, स्थानीय खबर
पाल्पा । नवरात्रको चौँथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर...
नेपालीको महान् पर्व बडादसैं सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादसैं सुरु, आज घटस्थापना

Breaking 1, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, स्थानीय खबर
तानसेन । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् पर्व बडादसैं बिहीबारदेखि सुरू भएको छ। आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ। बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ। यसलाई जमरा राख्ने पनि भनिन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। आजैदेखि दसैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ। जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।जमरामा जौ बाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद प्रा डा रा...
थारू समुदायको अटवारी पर्व:लुम्बिनीका ६ जिल्लामा सार्वजनिक विदा

थारू समुदायको अटवारी पर्व:लुम्बिनीका ६ जिल्लामा सार्वजनिक विदा

Breaking 1, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, राष्ट्रिय खबर, स्थानीय खबर
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले मनाउने बड्की अट्वारी विशेष धार्मिक र सांस्कृतिक पर्व भएको बताएका छन् । बड्का अट्वारी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले यस पर्वले थारू समुदायको धर्म, संस्कृति, र परम्परालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । ‘थारू समुदायमा बड्काअट्वारी (बड्की अत्वारी)  पर्वको निकै महत्व रहेको छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतबार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ । ’ शुभकामना सन्देशमा भनिएको छ, ‘आइतबारलाई रविवार पनि भनिन्छ । रवि अर्थात् सूर्य । सूर्य अग्निको प्रतीक पनि हो । प्रकृति पूजक थारू समुदायले विशेषगरी सूर्यको उपासना, पूजाआजा गरी बड्का अट्वारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहिआएको छ । यस पर्वले थारू समुदायको धर्म, संस्कृति, र परम्प...
शिक्षक संघ तानसेनद्धारा तिज विशेष शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

शिक्षक संघ तानसेनद्धारा तिज विशेष शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, स्थानीय खबर, स्वास्थ्य
दुर्गाप्रसाद अर्याल हिन्दु महिलाहरूकाे महान पर्व हरितालीका तिजकाे उपलक्ष्यमा सदाका बर्ष जस्तै याे वर्ष पनि नेपाल शिक्षक संघ तानसेन नगर समितिले शिक्षक संघमा आबद्ध सदस्यहरू विच शुभकामना आदन प्रदान कार्यक्रम आज तानसेनमा एक समारोहका बिच सम्पन्न गरेकाे छ । कार्यक्रमकाे प्रमुख अतिथि नेपाल शिक्षक संघकाे पूर्व अध्यक्ष धनकला गाहाले शुभकामना मन्तव्य दिने क्रममा आज भाेली तिज पर्व मनाउने क्रममा अत्याधिक विकृति माैलाउदै गएकाे र यसकाे प्रभाव तिजका गीतहरूमा , दर खाने काम हाेटल ,रिसाेर्ट र पाटी प्यालेसमा हुन् थालेकाे , देखासिकी बढ्दै जादा पर्व मनाउने क्रममा फजुल खर्च बढ्दै गएकाे र यी पक्षमा सुधार गर्दै यसकाे माैलिक पन बचाउन लाग्नु पर्ने पक्षमा जाेड दिनु भयाे । कार्यक्रमकाे नगर अध्यक्ष केशरी बस्नेत ले नेपाल शिक्षक संघ तानसेनकाे कार्यतालिका अनुसार उक्त कार्यक्रम गरिएकाे र विशेष गरेर ने...
राष्ट्रपति पौडेलद्वारा रणउजिरेश्वरी मन्दिरमा आज पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा रणउजिरेश्वरी मन्दिरमा आज पूजाअर्चना

Breaking 1, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, राष्ट्रिय खबर, शिक्षा, समाचार
भदौ ११, पाल्पा – राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा पूजाअर्चनाका साथै रथयात्रा अवलोकन गर्नुभएको छ । पाल्पाको रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति पौडेल पाल्पाको तानसेन आउनुभएकाे थियाे । जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुग्नुभएको थियो । यस्तै राष्ट्रपति पौडेलले नेपाली सेनाको दि फेमस महिन्द्र दल गणको निरीक्षण गर्नुका साथै पाल्पाका जनप्रतिनिधि र सरोकारवालासँग भेट गर्नुभयो । पूजाअर्चना र रथयात्रामा सहभागी भएर उहाँ आजै काठमाण्डाै फर्किनुभएकाे छ । नेपालले बुटवल जितगढी युद्धमा तत्कालीन इस्ट इण्डिया कम्पनीको अङ्ग्रेज फौजलाई हराएको सम्झनामा आज २०५ औं विजयोत्सव तथा भगवती रथयात्रा भएको हो । १८७१ र ७२ सालमा भएको युद्धमा तत्का...
आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

Breaking 1, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, स्थानीय खबर
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट...
आजको राशिफल: बि.सं.२०८१ भदौ ०६ गते बिहीबार, ई.सं.२०२४ अगस्त २२

आजको राशिफल: बि.सं.२०८१ भदौ ०६ गते बिहीबार, ई.सं.२०२४ अगस्त २२

Breaking 2, ट्रेन्डिङ, धर्म/ज्योतिश, समाचार, स्थानीय खबर, स्वास्थ्य
आजको राशिफल बि.सं.२०८१ भदौ ०६ गते बिहीबार ई.सं.२०२४ अगस्त २२ नेपाल सम्बत ११४४ गुंलागा तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण तृतीया, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, धृति योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३८ बजे, सूर्यास्त साँझ ०५ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३८ मिनेट देखि ०७ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने ...
आज गुरु पूर्णिमा, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज गुरु पूर्णिमा, विभिन्न कार्यक्रम गरी मनाइँदै

Breaking 2, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, शिक्षा, स्थानीय खबर
तानसेन । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा 'गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन छ ।...
आज अक्षय तृतीया मनाइँदै, यस्तो छ पौराणिक महत्व

आज अक्षय तृतीया मनाइँदै, यस्तो छ पौराणिक महत्व

ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, राष्ट्रिय खबर, स्थानीय खबर
काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ । यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्यकर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौँको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो । गर्मीबाट शरीरलाई बचाउन दुवै चिजल...
आज फागु पूर्णिमा, पहाडमा होली खेलेर मनाइँदै

आज फागु पूर्णिमा, पहाडमा होली खेलेर मनाइँदै

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, राष्ट्रिय खबर, स्थानीय खबर
काठमाडौं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंडिखेलमा लगी जलाइन्छ । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु ख...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च