धर्म/ज्योतिश

आज घटस्थापना, आजैदेखि बडादशैं सुरु

आज घटस्थापना, आजैदेखि बडादशैं सुरु

Breaking 2, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, राष्ट्रिय खबर, स्थानीय खबर
तानसेन। आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबर...
२०८० सालको दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

२०८० सालको दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, समाचार
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०:१९ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । कात्तिक २ गते बिहीबार पचली भैरव यात्रा गरिन्छ । कात्तिक ४ गते शनिबार फूलपाती परेको छ । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ८:२४ बजे रहेको छ । तुलजा भव...
आज २९ औँ विश्व आदिवासी दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै, कोशी प्रदेशमा सार्वजनिक विदा

आज २९ औँ विश्व आदिवासी दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै, कोशी प्रदेशमा सार्वजनिक विदा

ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
काठमाडौँ । आज अगस्ट ९ अर्थात विश्व आदिवासी तथा जनजाती दिवस । विश्वभरका आदिवासी समुदायले विभिन्न कार्यक्रम गरी आज २९ औं दिवस मनाउँदै छन् । यो दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् । यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्व भूमण्डलीकरण, आधुनिकीकरण, निजीकरण, बजारमुखी उत्पादन प्रणाली, वातावरणीय ह्रासबाट विश्वभरिका आदिवासी जनजातिहरूका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र भौतिक जीवनमा परेका प्रतिकूल असरबाट उनीहरूलाई बचाउनु, उनीहरूका विकास गर्नु र अधिकार तथा भाषा संस्कृतिको संरक्षण÷संवर्द्धन गर्नु हो । त्यसका लागि संयुक्त राष्ट्र संघले आफू अन्तर्गतका विभिन्न निकायहरू, सदस्य राष्ट्रहरू तथा विभिन्न तहका सरकारी तथा गैरसरकारी संघरसंस्थाहरूलाई विशेष कार्यक्रम बनाई लागु गर्न आह...
नगरप्रमुख थापाद्धारा ज्येष्ठ नागरिकहरुलाई सम्मान

नगरप्रमुख थापाद्धारा ज्येष्ठ नागरिकहरुलाई सम्मान

Breaking 2, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, स्थानीय खबर
पाल्पा, रामपुर नगरपालिका वडा नं. ६ मा वडा भित्रका जेष्ठ नागरिकहरुको भेला शनिबार सम्पन्न भएको छ । ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको भेला जेष्ठ नागरिक समन्वय समिति रामपुर–६, पाल्पाको आयोजनामा विजयपुर शिवालय मन्दिरमा शनिबार सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जेष्ठ नागरिक भगवान भएको बताउनुभयो । जेष्ठ नागरिकहरुको आर्शिर्वाद ग्रहण गर्दै उहाँहरुको उचित हेरचाह गरेर अघि बढ्नु प्रत्येक सन्तानको कर्तव्य रहेको बताउनुभयो । जिवनचक्रको क्रममा हामी सबैलाई एक दिन बुढ्यौलीले छुने भएकाले वर्तमानमा अभिभावकको हेरचाह गर्न सके भविष्यमा पनि आफ्ना सन्तान बाट उचित रेखदेख पाईने बताउनुभयो । रामपुर नगरपालिकाले जेष्ठ नागरिकहरुको लागि रामपुर नगरपालिका ५ रामघाट धाममा जेष्ठ नागरिक ग्रामको निर्माण गरिरहेको जानकारी दिदै सम्पन्न भए संगै दिनमा आफ्ना अनुभव साट्न तथा भज...
गुरुको सम्मानमा आज गुरुपूर्णिमा मनाइँदै,व्यास जयन्ती पनि आजै

गुरुको सम्मानमा आज गुरुपूर्णिमा मनाइँदै,व्यास जयन्ती पनि आजै

जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, राष्ट्रिय खबर, शिक्षा, समाचार
काठमाडौँ । जीवनमा शिक्षा, ज्ञान र मार्गदर्शन प्रदान गर्ने गुरुको सम्मानमा आज गुरुपूर्णिमा मनाइँदै छ । महाभारत ग्रन्थका रचयिता विद्वान् वेद व्यासको जन्मजयन्ती पारेर वैदिक कालदेखि नै हरेक असार शुक्ल पूर्णिमाको दिन गुरुपूर्णिमा मनाइँदै आएको हो । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउने गरिन्छ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउनुभयो । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह...
२०८० असार ३ गते, आजको राशिफल हेर्नुहोस्

२०८० असार ३ गते, आजको राशिफल हेर्नुहोस्

Breaking 1, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश
२०८० असार ३ गते, आइतवार, १८ जुन २०२३। आषाढ कृष्णपक्ष औंसी तिथि, ९ः११ बजेपछि आषाढ शुक्ल प्रतिपदा। मृगशिरा नक्षत्र, १७ः४५ बजेपछि आर्द्रा। चन्द्रराशि– मिथुन उपप्रा मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा ...
प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले पशुपतिनाथ मन्दिरको दर्शन गरे

प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले पशुपतिनाथ मन्दिरको दर्शन गरे

ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौं,जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पशुपतिनाथको दर्शन गरेका छन् । शनिबार साँझ केही मन्त्रीहरुसँगै पशुपतिनाथ पुगेका उनले दर्शन गरेका हुन् । त्यस क्रममा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी थिए ।...
नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १७ वर्षसम्म पनि कानून कार्यान्वयन भएन

नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १७ वर्षसम्म पनि कानून कार्यान्वयन भएन

जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाण्डाै - नेपाल छुवाछूतमुक्त घोषणा भएको आज १७ वर्ष पूरा भएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिन्छ । २०५८ साउन ३२ गते छुवाछूत अन्त्य गर्ने प्रतिबद्धतासहित त्यही वर्ष राष्ट्रिय दलित आयोगको स्थापना भएको थियो । नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ। नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् । तर समाजमा रहेको सोच र चेतनास्तरका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन । सन् २०२० मा राष्ट्रसङ्घले गरेको एउटा सर्वेक्षण अनुसार ९७ प्रतिशत दलित जातीय विभेद र छुवाछूतबाट पीडित...
विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश सभापतिमा न्यौपाने

विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश सभापतिमा न्यौपाने

जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, स्थानीय खबर
बुटवल, । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आइतबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले ज्योतिष जनार्दन न्यौपानेको सभापतित्तमा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । महासंघको उपसभापतिमा मनोहर घिमिरे, हरि पाण्डे, चेतनारायण सुवेदी, महासचिवमा कमल पौडेल, उप–महासचिवमा चिरञ्जिवी पौडेल, डेमकुमारी अर्याल, विपिन भण्डारी, सचिवमा ज्ञानेन्द्र पन्त, सह–सचिवमा लक्ष्मी कंडेल, संगठन सचिवमा विष्णु गौतम, प्रचार सचिवमा नविन सुवेदी, कोषाध्यक्षमा बसन्त पौडेल र सह–कोषाध्यक्षमा बासुदेव मरासिनी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मी भण्डारी, कुरेस पाण्डे, खेमराज मण्डारी, गोविन्द बस्याल, लक्ष्मीनारायण सुवदी, राजन कार्की, शिवहरी मरासिनी र कृष्णराम पौडेल चयन भएका छन् । कार्यक्रममा बोल्दै जननिर्वाचित अध्यक्ष जनार्दन न्योपानेले वर्तमान समयका ज्योतिषहरुले पुरातन तरिकाले श्लोक मात्र रटेर फलाद...
पाल्पाको कामाख्या देवी मन्दिरमा सप्ताहव्यापी  पुजा शुरु, केबलकार १५ गते देखि चल्ने

पाल्पाको कामाख्या देवी मन्दिरमा सप्ताहव्यापी पुजा शुरु, केबलकार १५ गते देखि चल्ने

खेल, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, राष्ट्रिय खबर, समाचार
पाल्पा। बुटवलको लुम्बिनी केबलकारको टप स्टेसन रहेको पाल्पाको बसन्तपुर डांडामा बनेको कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पुजाआराधना शुरु भएको छ । व्यवसायिक घराना आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालन हुंदैछ । केबलकार सञ्चालन हुनु पुर्व मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना शुरु भएको हो ।भारतको गुहावटीमा रहको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए । सप्ताहव्यापी पुजाआराधनामा बुटवलसहित रुपन्देही,पाल्पा र छिमेकी जिल्लाबाट भक्तजनहरु आउने गौतमले बताए ।सप्ताहव्यापी पुजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरुले धार्मिक प्रवचन दिंदैछन् । कामाख्यादेवीको मन्दिर सहित भगव...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च