जातीय विभेद हिन्दुधर्ममा छैन स्वरुपानन्द
पाल्पा
विश्व हिन्दु महासंघ पाल्पको आयोजनामा तानसेनमा नेपाल देशीय वेदान्त सम्मेलन गरेको छ । सनातन हिन्दु धर्मका गुरुहरुको सहभागीतामा सम्मेलन आयोजना भएको हो । एक हजार आठ स्वामी स्वरुपानन्द महाराज सरस्वतीले मानवमा कुनै जातजाती नभएको बताएका छन । नेपाल देशीय वेदान्त सम्मेलन २०८० को अवशरमा बोल्दै स्वामी स्वरुपानन्दले जातजाती कामको आधारमा बर्गीकरण गरिएको बताए ।
कर्मको आधारमा एउटै बाबाको छोरा ब्राहमण, क्षेत्री, बैश्य र छुद्र हुने बताउदै स्वरुपानन्द महाराजले जातको कुरा गरेर हिन्दु धर्म लाई कमजोर बनाउने काम भएको बताए । वेद संसारको सबैभन्दा उत्कृष्ट विज्ञान ग्रन्थ भएको महाराज स्वरुपानन्दले आत्मा कहिल्यै नमर्ने बताए । आत्माले बस्ने स्थान परिवर्तन गरी अन्य स्थानमा गएको अवस्था लाई हामी मानवले मानिसको मृत्यु भयो भनेर चिन्ता लिने गरेको स्वामी स्वरुपानन्द महाराजले बताए । मानव जिवनमा गरेको कर्मको आ...