ट्रेन्डिङ

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

‘सरकारले चुनावका लागि दल र सरोकारवालासँग समन्वयात्मक ढंगले काम गर्छ’

धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक बन्द

भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर सुरु गर्‍यो नियमित काम

मन्त्रिपरिषद् भयाे विस्तार : कुलमानलाई उर्जा, कुन मन्त्रालयको जिम्मेवारी कसले पायाे ?

अन्तरिम सरकारको नेतृत्व कार्कीलाई, प्रमुख दलहरूले जनाए तीव्र असन्तोष

एनसेल प्रयोगकर्तालाई राहत : ४८ घण्टासम्म फ्री भ्वाइस र डेटा सुविधा

राति १० बजेबाट मुलुकको सुरक्षाको नेतृत्व सेनाले लिने

स्वास्थ्यमन्त्री पौडेलद्वारा राजीनामाको घोषणा

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै

राजनीतिक संवादमार्फत समाधानको आह्वान : सुरक्षा प्रमुखहरूद्वारा अपिल

काठमाडौंमा जेनजी प्रदर्शनमा गोली प्रहार : कालिमाटी चोकमा २ युवाको मृत्यु

रवि लामिछानेको जेलमुक्ति : पार्टीले पत्नी निकितालाई जिम्मा दिएर पठायो

पूर्वप्रधानमन्त्री देउवा दम्पती:जेनजीको आक्रमणमा

बुटवलमा एमालेको पार्टी कार्यालयमा आन्दोलनकारीले लगाइदिए आगो

आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

निकट स्रोतको खुलासा : प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिने तयारीमा

गगन–विश्वप्रकाशद्वारा संयुक्त विज्ञप्ति : ‘मन्त्रीहरूले पद खाली गर्नुपर्छ’

मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सिके राउतको निर्देशन

प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आगजनी

गण्डकी कोटिहोम उत्सवको रौनक

वैशाख,
पोखरा १७ स्थित विरौटामा हाल सञ्चालनमा रहेको ऐतिहासिक गण्डकी कोटिहोम महायज्ञ धार्मिक मात्र होइन, सामाजिक, सांस्कृतिक र जनस्तरसम्मको सहभागिताको महाउत्सव बनेको छ। महायज्ञको एक विशेष दिनमा तीनवटा महत्वपूर्ण शुभकार्य सम्पन्न हुनुका साथै, कार्यक्रममा जनप्रतिनिधिहरू र विशिष्ट व्यक्तित्वहरूको झुल्का र सहभागिताले महायज्ञलाई अझै उल्लासमय बनेको छ ।

महायज्ञको प्रारम्भिक तयारीस्वरूप केही महिना अगाडि पोखरा–६ लेकसाइडमा भूमिपूजन गरिएको भए पनि विविध कारणले महायज्ञको स्थान परिवर्तन गर्दै पोखरा–१७ को विरौटा क्षेत्रमा स्थानान्तरण गरिएको हो । नयाँ स्थानमा समारोहको विधिपूर्वक पुनः शुभारम्भ गर्दै बाराहीघाटमा क्षमापूजन गरिएको थियो। महायज्ञमा विशेष आकर्षणको केन्द्र बन्न पुगेकी छिन् वडा नम्बर १७ की वडाध्यक्ष राधिका शाही, जसले भूमिपूजनमा सक्रिय सहभागिता जनाउनुका साथै भजन मण्डलीसँगै रमाउँदै खुलेरै नाचेको दृश्यले सबैको ध्यान तानेको छ। कार्यक्रममा सहभागी स्थानीय जनताले वडाध्यक्षको यस्तो सांस्कृतिक झुकावलाई स्वागत गर्दै “जनप्रतिनिधि र जनता बीचको सम्बन्ध अझ प्रगाढ भएको” प्रतिक्रिया दिएका छन्।

त्यस्तै, गण्डकी प्रदेश सरकारका प्रेस रजिस्टार बिमला भण्डारी समेत विभिन्न सांस्कृतिक प्रस्तुतिहरूमा सहभागी भई अन्य विशिष्ट व्यक्तित्वहरूसँगै नाचगानमा रमाएकी थिइन्। महायज्ञजस्तो धार्मिक कार्यक्रममा सरकारी पदाधिकारीहरूको यसरी आत्मीयता प्रकट गर्नुले कार्यक्रममा थप उर्जा र सकारात्मक सन्देश दिएको उपस्थित धार्मिक श्रद्धालुहरूको बुझाइ छ।
गण्डकी कोटिहोम महायज्ञलाई व्यवस्थित, सफल र प्रभावशाली बनाउन पोखरा महानगरपालिका, वडास्तरीय जनप्रतिनिधिहरू, स्थानीय अगुवा तथा स्वयंसेवकहरू निरन्तर खटिरहेका छन्। विशेषगरी, महानगर प्रमुख धनराज आचार्य स्वयं महायज्ञमा सक्रिय रहँदै शुभकामना व्यक्त गरेका छन्। नगर प्रमुख आचार्यले महायज्ञले केवल धार्मिक लाभ मात्र होइन, समाजमा एकता, सद्भाव र मूल्य–मान्यताको प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने, “हाम्रा धर्म, संस्कार र परम्पराले हामीलाई जोड्ने काम गर्छन्। यस्तो महायज्ञले हाम्रो सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउने अवसर दिन्छ। ”भन्दै पोखरा बाट प्रसारित पब्लिक टेलिभिजनको द भ्यु कार्यक्रम प्रस्तोता रघुनाथ वाग्ले बोल्दै शुभकामना समेत ब्यक्त गरेका थिए।

यस्तै महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्तिका अनुसार –
“धार्मिक कार्य केवल पूजापाठमा सीमित हुनु हुँदैन, यसले समाजमा स्वच्छता, नैतिकता र सचेतना फैलाउनु आवश्यक छ। ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर आउन अनुरोध गरिएको छ । कोटीहोम स्थलमा वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण समेत भएको फाउण्डेशनले जनाएको छ । कोटीहोममा सुश्री अनुराधा पाण्डेयले भागवत कथा प्रबचन चैत्र २९ बाट दिन समेत सुरु गरेकी थिइन् । देवी प्रतिभाजी, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतले कथावाचन गर्नेछन् । आज शुक्रबार बाट देबी प्रतिभाको आगमन भएको छ।

कोटीहोम आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं। १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा कोटीहोम हुनेछ ।

महायज्ञ कार्यक्रमलाई भव्य बनाउने तयारी तीव्र गतिमा चलिरहेको छ। यज्ञका दिनहरूमा विविध आध्यात्मिक गतिविधिहरू सञ्चालन गरिनेछन् – जसमा कथा वाचन, भजन, प्रवचन, यज्ञ, सत्सङ्ग, सत्कार्य र सेवा केन्द्रित रहेका छन् । गण्डकी कोटिहोम महायज्ञले केवल स्थानीय जनताको धार्मिक विश्वाससँग मात्र सम्बन्ध नराखी, यो कार्यक्रम क्षेत्रीय धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। पोखरा आफैँ पर्यटकीय राजधानीका रूपमा चिनिन्छ, र यस्ता धार्मिक अनुष्ठानहरू पर्यटकहरूलाई आकर्षित गर्न सक्ने महत्वपूर्ण आधार बन्न सक्छन्।

हायज्ञका अवसरमा विभिन्न स्थानबाट आएका साधु–सन्त, ब्राह्मण, धर्मगुरु, भक्तजन तथा अध्यात्मिक प्रेमीहरूको उपस्थिति अझ उल्लेखनीय रहेको छ ।
महायज्ञको विशेष पक्षमध्ये एक पक्ष महिला सहभागिता पनि हो। राधिका शाही र बिमला भण्डारीजस्ता महिला नेतृत्वकर्ताको अग्रसरता मात्र नभई, स्थानीय महिलाहरू भजन, भण्डारा, पूजापाठ, तयारी र अन्य व्यवस्थापकीय पक्षमा पनि अग्रपंक्तिमा देखिएका छन् । धार्मिक कार्यक्रममा महिलाको नेतृत्वप्रति सहभागिहरूले प्रशंसा व्यक्त गर्दै यसलाई समाजमा लैंगिक समानताको सकारात्मक संकेत मानेका छन्।
दिनहुँ विशेष अनुष्ठान, पूजापाठ, प्रवचन, आरती र साँस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आयोजक समिति अनुसार १६ गते पछाडी विभिन्न राष्ट्रियस्तरका धार्मिक वक्ताहरू तथा कलाकारहरूको उपस्थिति रहनेछ।
गण्डकी कोटिहोम महायज्ञ केवल धार्मिक अनुष्ठानको रूपमा सीमित नरही, समाजमा सहकार्य, समर्पण र सद्भावको नयाँ आयाम खोल्ने माध्यम बनेको छ। वडाध्यक्षदेखि प्रेस रजिस्टारसम्मको नाचगानले देखाएको आत्मीय सहभागिता, नगर प्रमुखको सक्रियता, र आम जनताको आस्था—यी सबैले मिलेर महायज्ञलाई सफलताको शिखरमा पु(याइरहेका छन्।
यस महायज्ञले केवल केही दिनको कार्यक्रम नभई, लामो समयसम्म स्मरणीय रहने एक सांस्कृतिक दस्तावेज तयार गरिरहेको अनुभूति सहभागी हरेक व्यक्तिले गरिरहेका छन्। जनप्रतिनिधि, स्थानीय अगुवा, स्वयंसेवक, महिला समूह, बालबालिका तथा वरिष्ठ नागरिक—सबैको सहभागिताले यो कार्यक्रमलाई सम्पूर्ण पोखरेली समाजको साझा चाड बनाएको छ।
ृज्ञडरण्द्ध, टस्छद्द ऊे ःबलबख क्भधब ँयगलमबतष्यल एयपजबचबस् श्री गण्डकी कोटिहोम महायज्ञबाट बाल विदुषी अनुराधा पाण्डेयलाई गरियो बिदाई

गत चैत्र २९ गतेबाट नियमित रुपमा श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी वाल विदुषी सुश्री अनुराधा पाण्डेय ज्यूलाई आज एक कार्यक्रमको आयोजना गरि ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञबाट विदाई गरिएको छ ।

श्री गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित श्रीमद्भाथवत कथा प्रवचनको अवसरमा एक हप्तासम्म संगितमय श्रीमदभागतव कथा प्रवचन गरेकी वालबिदुषी पाण्डेलाई विदाई गरिएको हो । उनको विदाईसंगै भोलिबाट कथा प्रवचनको लागि अन्तराष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा ज्यूले कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै आचार्य श्री शितल कृष्ण महाराज,प्रख्यात वक्ता अमृत शरण देवाचार्य जी, चर्चित प्रवचन कर्ता सुप्रिया किशोरी जी लगायतले पनि विभिन्न विषयमा प्रवचन गर्ने कार्यक्रम पनि रहेको छ ।

सम्बन्धित खवर