ट्रेन्डिङ

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

‘सरकारले चुनावका लागि दल र सरोकारवालासँग समन्वयात्मक ढंगले काम गर्छ’

धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक बन्द

भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर सुरु गर्‍यो नियमित काम

मन्त्रिपरिषद् भयाे विस्तार : कुलमानलाई उर्जा, कुन मन्त्रालयको जिम्मेवारी कसले पायाे ?

अन्तरिम सरकारको नेतृत्व कार्कीलाई, प्रमुख दलहरूले जनाए तीव्र असन्तोष

एनसेल प्रयोगकर्तालाई राहत : ४८ घण्टासम्म फ्री भ्वाइस र डेटा सुविधा

राति १० बजेबाट मुलुकको सुरक्षाको नेतृत्व सेनाले लिने

स्वास्थ्यमन्त्री पौडेलद्वारा राजीनामाको घोषणा

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै

राजनीतिक संवादमार्फत समाधानको आह्वान : सुरक्षा प्रमुखहरूद्वारा अपिल

काठमाडौंमा जेनजी प्रदर्शनमा गोली प्रहार : कालिमाटी चोकमा २ युवाको मृत्यु

रवि लामिछानेको जेलमुक्ति : पार्टीले पत्नी निकितालाई जिम्मा दिएर पठायो

पूर्वप्रधानमन्त्री देउवा दम्पती:जेनजीको आक्रमणमा

बुटवलमा एमालेको पार्टी कार्यालयमा आन्दोलनकारीले लगाइदिए आगो

आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

निकट स्रोतको खुलासा : प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिने तयारीमा

गगन–विश्वप्रकाशद्वारा संयुक्त विज्ञप्ति : ‘मन्त्रीहरूले पद खाली गर्नुपर्छ’

मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सिके राउतको निर्देशन

प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आगजनी

यातायात व्यवसायीले गरे देशव्यापी सेवा बन्दको घोषणा

सोमबार काठमाडौँमा मृत्यु भएका १७ मध्ये १६ जनाको सनाखत (नामसहित)

स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिने तयारी

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी, प्रदर्शनकारी आक्रोशित

जेन–जी प्रदर्शनपछि आफू पक्षका मन्त्रीहरूलाई राजीनामा दिन कोइरालाको निर्देशन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा लागू, प्रशासनको कडा निगरानी

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु आदेश, चक्रपथभित्र आवागमन पूर्ण निषेध

जेनजी कार्यक्रम : ११ को अवस्था संकटपूर्ण, ३० बढीलाई तत्काल शल्यक्रिया गर्नुपर्ने

ललितपुरमा कर्फ्यू जारी

अमेरिकाको जर्जियास्थित हुन्डाईको कारखानामा छापा, ४५० जना पक्राउ

सामाजिक सञ्जाल बन्दपछि नेपालमा शीर्षस्थानमा आयो भाइबर एप

रुपन्देहीका दुईसहित अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

रिब्दीकोटमा नयाँ स्वास्थ्य चौकी भवन बन्ने, स्थानीयमा खुसीयाली

सामाजिक सञ्जाल बारे सरकारको निर्णय गलत छ, उल्टो बाटो हिड्यो : गगन थापा

फेसफुक सञ्चालक संस्था मेटाले माग्यो नेपालमा दर्ता प्रक्रियाको सूची

धनेन्द्र के.सी.को नेतृत्वमा सबल टिम, पाल्पाबाट इ. दिनेश भट्टराई केन्द्रीय सदस्यमा

पाल्पाको बगनासकालीमा बेवारिसे शव फेला, प्रहरी अनुसन्धानमा

रैनादेवीको भुवनपोखरीमा परम्परागत मौलिक तीज गीत प्रतियोगिता सम्पन्न,संस्कृति जगेर्नाको अभियान सुरु

नागरिकको घरदैलोमा रैनादेवी छहरा गाउँपालिका , ३०० भन्दा बढी नागरिक लाभान्वित

रैनादेवी छहराका दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै

वर्षाका कारण गुल्मीमा कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध

संघीय खानेपानी कार्यालय स्थानान्तरणको विरोधमा अर्घाखाँचीका राजनीतिक दलहरुले पठाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पाल्पाको दोभान कालीरहमा सडक भासियो

रिब्दीकोटमा आपसी विवाद कुटपिटमा परिणत, ४० वर्षीय पुरुषको मृत्यु

तानसेन खानेपानी उपभोक्ता समितिको धारणा — उपभोक्ता हित नै पहिलो प्राथमिकता

पर्वतको पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै अर्घाखाँचीमा हस्ताक्षर अभियान

रैनादेवी गाउँपालिकाको बजेट बहुमतले पारित, ८० करोड ४६,लाखको बजेटले के दिन्छ जनतालाई ? पूर्ण विवरण हेर्नुहोस्

तानसेन नगरपालिकाको १ अर्व ४६ करोडको बजेट प्रस्तुत

माथागढीको नीति तथा कार्यक्रम पारित

जनता माविबाट प्राविधिक धारतर्फ शत प्रतिशत विद्यार्थी एसईईमा उर्तिण

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

शिक्षक सम्मान खानीगाउँमा: बगनासकालीको प्रेरणादायी कार्यक्रम

तानसेन नगरपालिकाको १७औं नगर सभा प्रारम्भ, १ अर्ब ४६ करोड बढीको बजेट सार्वजनिक

आव २०८२/०८३ को बजेट प्रतिनिधि सभाबाट पारित

तानसेनमा सञ्चालित स्वास्थ्य योग शिविर सकियो

शीत काव्य समाजद्वारा पाँचौं वार्षिक दिवस कृति लोकार्पण र सम्मानसहित सम्पन्न

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिकाले आ.व. २०८२. ८३ को   वार्षिक स्वीकृत कार्यक्रमअनुसार उपाध्यक्षसँगै करेसाबारी अन्तर्गत विद्यार्थी सचेतना तथा निःशुल्क बीउ वितरण कार्यक्रम सञ्चालन गरेको छ।उपाध्यक्षसँग करेसाबारी कार्यक्रमअन्तर्गत शुक्रबार उपाध्यक्षको उपस्थितिमा विद्यार्थी सचेतना तथा निःशुल्क बीउ वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १२ कक्षा सम्मका विद्यार्थीहरूलाई लक्षित गरी गाउँपालिकाभित्रका १९ वटा विद्यालयमा चरणबद्ध रूपमा सचेतना र बीउ वितरण गरिँदैछ। विहीबारदेखि सुरु गरिएको कार्यक्रम गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीको उपस्थितिमा शुक्रबार भैरव जनता माध्यमिक विद्यालय र भैरव मेमोरियल बोर्डिङ स्कुलमा सम्पन्न गरिएको हो।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई सिपमूलक, उत्पादनमुखी र आत्मनिर्भर बनाउनु रहेको गाउँपालिकाले जनाएको छ। बीउ वितरणसँगै विद्यालयका विद्यार्थीहरूलाई करेसाबारीको महत्व, घरमै तरकारी उत्पादन गर्ने तरिका र जैविक खेतीप्रतिको चेतना जगाउने विषयमा समेत जानकारी गराईएको थियो ।
कृषि शाखाका प्रमुख प्रज्ञा लाम्टाङ्गेले करेसाबारीको महत्व, कृषि उत्पादन र आत्मनिर्भर बन्ने अभ्यासका बारेमा जानकारी गराउँदै बीउको सदुपयोग गर्ने र वातावरणीय महत्त्व बीउको गुणस्तर र उचित खेती प्रविधि सम्बन्धी व्याख्या गर्दै विद्यार्थी र शिक्षकहरूलाई कृषि उत्पादन वृद्धि गर्न प्रयोग गर्न सकिने तरिका बारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख शुनिल अधिकारीले विद्यार्थीहरूलाई पोषण र स्वास्थ्य सम्बन्धी विस्तृत जानकारी दिनु भएको थियो। उहाँले सन्तुलित आहार, सरसफाइ, पानीको शुद्धता, रोगप्रतिरोधात्मक क्षमता, र व्यक्तिगत स्वास्थ्य व्यवस्थापनजस्ता विषयमा सचेत गराउँदै, स्वास्थ्यसँग सम्बन्धित चेतनालाई जीवनभरका लागि आत्मसात गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। अधिकारीले भन्नुभयो, स्वस्थ शरीरमा मात्र स्वस्थ मन बस्छ, र स्वस्थ विद्यार्थीले मात्र दीर्घकालीन रूपमा उत्पादनमुखी र समाजको सकारात्मक योगदान गर्न सक्छ।

दुवै विद्यालयका प्रध्यानाध्यापकहरुले गाउँपालिकाप्रति आभार व्यक्त गर्दै, यस अभियान अत्यन्तै व्यावहारिक र प्रभावकारी रहेको उल्लेख गर्दै, यसले विद्यार्थीहरूमा कृषि उत्पादन, पोषणयुक्त आहार, वातावरण संरक्षण र सामाजिक जिम्मेवारीबोधमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष कान्ता अधिकारीले कक्षा ६ देखि १२ कक्षासम्मका विद्यार्थीहरूलाई लक्षित गरी गाउँपालिकाभित्रका १९ वटा विद्यालयमा चरणबद्ध रूपमा कार्यक्रम सुरु गरीएको बताउदै यसले  विद्यार्थीलाई कृषि, स्वास्थ्य र उत्पादनका बारेमा व्यापक जानकारी दिने तथा दीर्घकालीन रूपमा युवा पुस्तालाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने बताउनुभयो ।
उपाध्यक्ष अधिकारीका अनुसार यस अभियानको माध्यमबाट विद्यार्थीहरूमा सिप सिक्ने, श्रमप्रति रुचि बढाउने र उत्पादनमुखी सोच विकास गर्ने उद्देश्य लिइएको छ ।


विद्यालय र घरमा करेसाबारी स्थापना गरेर विद्यार्थीलाई व्यवहारिक रूपमा कृषिसँग जोड्ने हाम्रो लक्ष्य हो। पढ्दै–सिक्दै–कमाउँदै गर्न सक्ने वातावरण सिर्जना गर्न चाहन्छौं, उहाँले भन्नुभयो । विद्यालयबाटै बालबालिकामा सिप, श्रम र आत्मनिर्भरताको भावना जगाउने लक्ष्य राखेका छौं। करेसाबारी कार्यक्रममार्फत उनीहरूमा व्यवहारिक ज्ञानका साथसाथै उत्पादनप्रतिको लगाव पनि बढाउने हाम्रो उद्देश्य हो उपाध्यक्ष अधिकारीको भनाई रहेको छ ।
अधिकारीले थप गर्दै आगामी दिनमा पनि यस्तै विद्यार्थीमूलक र सिप विकासका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताउँदै, “पढ्दै–सिक्दै–कमाउँदै अभियानलाई सफल बनाउन गाउँपालिका प्रतिबद्ध छ,” भन्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले कार्यक्रमको महत्त्वबारे जानकारी दिँदै भन्नुभयो, उपाध्यक्षसँगै सञ्चालन भएको करेसाबारी कार्यक्रमले विद्यार्थीलाई मात्र होइन, सम्पूर्ण समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ। हाम्रो उद्देश्य शिक्षा मात्र नभई स्वास्थ्य, उत्पादन र आत्मनिर्भरता समेत सुनिश्चित गर्नु हो।
करेसाबारी कार्यक्रममार्फत विद्यार्थीले आफ्नै हातले बीउ रोप्ने, हेरचाह गर्ने र फलफूल–तरकारी उत्पादन गर्ने अभ्यासबाट श्रम, सिप र आत्मनिर्भरताका मूल्यहरू सिक्ने बताउनु भयो ।
विद्यार्थीहरूमा व्यवहारिक शिक्षाको अवसर प्रदान हुने भन्दै “यस्तो कार्यक्रमले विद्यार्थीलाई केवल पुस्तकमा होइन, व्यवहारमै जीवन उपयोगी सीप सिक्न प्रेरित गर्छ,पालिकाले शिक्षा र कृषि जस्ता क्षेत्रलाई जोडेर ल्याएको यो प्रयास प्रशंसनीय छ। यसले विद्यार्थीलाई सिप, आत्मनिर्भरता र जिम्मेवारी सिकाउने विश्वास लिएका छौं,” अध्यक्ष कार्कीको भनाई रहेको थियो ।
हाम्रो प्राथमिकता केवल शिक्षा मात्र होइन, विद्यार्थीलाई कृषि, स्वास्थ्य र उत्पादनमुखी बनाउनु हो। यस किसिमका कार्यक्रमले बालबालिकामा दीर्घकालीन सकारात्मक प्रभाव पार्छ र गाउँपालिकाको विकासमा योगदान पुर्‍याउँछ।
अध्यक्ष कार्कीले आगामी दिनमा थप यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै विद्यार्थीहरूको व्यवहारिक सिप र उत्पादनमुखी सोच विकासमा गाउँपालिका निरन्तर सक्रिय रहने बताउनुभयो।
कार्यक्रममा गाउँपालिकाका प्रतिनिधि, वडा अध्यक्ष,वडा सदस्यहरु,कर्मचारी, पत्रकार, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममार्फत गाउँपालिकाले विद्यार्थीहरूलाई नि शुल्क बीउ वितरण सँगै गाउँपालिकाले कृषि, स्वास्थ्य र उत्पादन क्षेत्रमा सामुदायिक सचेतना फैलाउने महत्वपूर्ण पहल गरेको छ।

कृषि प्राविधिक टंक गौतम सन्चालन तथा वडा न. ४ का अध्यक्ष सोम बहादुर कार्कीको अध्यक्षयतामा भैरव जनता माध्यमिक विद्यालय र वडा सदस्य राजेन्द्र नेपालको अध्यक्षयतामा भैरव मेमोरियल बोर्डिङ स्कुलमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर