पाल्पा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना प्रमुख प्रशासकीय अधिकृतसहित शाखा अधिकृत तथा अन्य अधिकृतहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयको २०८३ भदौ २६ गतेको निर्णयअनुसार देशभरका विभिन्न स्थानीय तह तथा सरकारी निकायमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।
मन्त्रालयको पछिल्लो निर्णयले पाल्पाका विभिन्न स्थानीय तहमा समेत प्रशासनिक नेतृत्वमा फेरबदल ल्याएको छ। निर्णयअनुसार बगनासकाली, रम्भा, रिब्दीकोट, रैनादेवी छहरा, तिनाउ र रामपुरमा प्रमुख प्रशासकीयको जिम्मेवारी हेरफेर भएको छ।



बगनासकालीमा पाण्डेको सरुवा, घर्ती आउँदै
निर्णयअनुसार बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौं वा अन्तर्गत कामकाजमा खटाइएको छ।पाण्डेको स्थानमा विष्णुबहादुर घर्तीलाई बगनासकाली गाउँपालिकामा कामकाजमा खटाइएको छ।
रम्भामा पुनको ठाउँमा खतिवडा
त्यस्तै रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनलाई गृह मन्त्रालय वा अन्तर्गत कामकाजमा खटाइएको छ।
रम्भा गाउँपालिकामा पुनको स्थानमा वैदेशिक रोजगार विभाग, काठमाडौंमा कार्यरत भोजराज खतिवडालाई कामकाजमा खटाइएको मन्त्रालयको विवरणमा उल्लेख छ।
रिब्दीकोटमा पनि प्रशासनिक नेतृत्व फेरिँदै
रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाललाई रुपन्देहीको मायादेवी गाउँपालिकामा कामकाजमा खटाइएको छ।भुसालको स्थानमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित अध्यागमन कार्यालयमा कार्यरत शिशिर घिमिरेलाई रिब्दीकोट गाउँपालिकामा कामकाजमा खटाइएको छ।
तिनाउका प्रमुख प्रशासकीय अधिकृत सारु कपिलवस्तुमा
मन्त्रालयको निर्णयले टिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुको पनि जिम्मेवारी परिवर्तन गरेको छ। सारुलाई कपिलवस्तुको मायादेवी गाउँपालिकामा कामकाजमा खटाइएको छ।तिनाउ गाउँपालिकामा भने फर्सराम भट्टराईलाई कामकाजमा खटाइएको मन्त्रालयको विवरणमा उल्लेख छ। भट्टराई यसअघि गृह मन्त्रालयमा कार्यरत थिए।
रैनादेवी छहराका परियार पनि सरुवा
रैनादेवी छहरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारलाई भूमि व्यवस्थापन तथा अभिलेख विभाग, काठमाडौं वा अन्तर्गत कामकाजमा खटाइएको छ।परियारको सरुवासँगै रैनादेवी छहरा गाउँपालिकाको प्रशासनिक नेतृत्वमा समेत परिवर्तन हुने भएको छ।
रामपुरमा उद्योग विभागका निर्देशक थपलिया
मन्त्रालयको सोही निर्णयअनुसार रामपुर नगरपालिका, पाल्पामा ईन्द्रकुमारी थपलिया पाण्डेलाई कामकाजमा खटाइएको छ। उहाँ यसअघि उद्योग विभाग, काठमाडौंमा निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो। निर्णयपत्रमा उहाँलाई रामपुर नगरपालिकामा कामकाजमा खटाइएको स्पष्ट उल्लेख छ।यस्तै, निर्णयपत्रमा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा सूर्यदर्शन पण्डित कार्यरत रहेको विवरण पनि उल्लेख छ।
मन्त्रालयको निर्णय २०८३ भदौ २६ गते भएको हो। निर्णयपत्रमा सरुवा व्यवस्थापन प्रणालीको अभिलेखबाट विवरण स्वचालित रूपमा उत्पादन गरिएको र निर्णय प्रमाणीकरण गरिएको उल्लेख छ।
मन्त्रालयले केही कर्मचारीलाई निजामती सेवा ऐनको व्यवस्थाअनुसार सरुवा गरेको जनाएको छ भने केहीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) अनुसार स्थानीय तहमा कामकाजका लागि खटाएको जनाएको छ।
सरुवा निर्णयसँगै पाल्पाका सम्बन्धित स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ। नयाँ प्रशासनिक नेतृत्वसँगै स्थानीय तहको सेवा प्रवाह, योजना कार्यान्वयन र कार्यालय व्यवस्थापनमा समेत प्रभाव पर्ने देखिएको छ।
पाल्पाका कुन-कुन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए र को कहाँ पुगे? मन्त्रालयको निर्णयअनुसारको पूर्ण विवरण हेर्नुहोस् :
हेर्नुहोस् सरुवा/कामकाजको पूर्ण विवरण :
प्रमुख प्रशासकीय अधिकृतसहित









