पाल्पा । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने बताउनुभएको छ । आचार्यले अस्पतालको स्तरोन्नति सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्नुभएको हो ।
अस्पतालको स्तरोन्नति र भौतिक पूर्वाधार निर्माणका विषयमा बोल्दै मुख्यमन्त्री आचार्यले अहिले भइरहेको पुरानो भवन भत्काएर नयाँ सुविधासम्पन्न भवन निर्माण गर्न कम्तिमा ३ देखि ४ वर्ष लाग्ने बताउनुभयो । “राम्रो र जिम्मेवार ठेकेदार परेको खण्डमा नयाँ भवन निर्माण सम्पन्न हुन ३–४ वर्ष लाग्छ,“ मुख्यमन्त्री आचार्यले भन्नुभयो, “त्यसैले निर्माण अवधिभर अस्पतालको सेवा प्रवाहलाई रोक्नु हुँदैन ।



प्रदेश सरकारको यो योजनासँगै पाल्पा र आसपासका नागरिकले आगामी दिनमा थप गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।








