अर्घाखाँची । अर्घाखाँचीजिल्लाको भूमिकास्थान नगरपालिका- १० धनचौरमा विद्यार्थी बोकेको जीप दुर्घटना भएको छ । भूमिकास्थान नगरपालिका-१० धनचौरबाट नुवाकोट जाँदै गरेको लु २ च ५१७९ नम्बरको जीप शुक्रबार भूमिकास्थान नगरपालिका- ७ छिर्लिंग खोला नजिकै दुर्घटना भएको नगरप्रमुख झबिलाल थापाले जानकारी दिएका छन् ।
राष्ट्रपति रनिङशील्ड प्रतियोगिता कार्यक्रममा सहभागी हुन जादै गरेका विद्यार्थी चढेको जीप दुर्घटनामा परेको थियो । जीप दुर्घटनामा परेपछि आजदेखि हुने भनिएको राष्ट्रपति रनिङशील्ड प्रतियोगिता अर्को सूचना नभएसम्मका लागि स्थगित भएको नगरप्रमुख थापाले जानकारी दिएका छन् ।



दुर्घटनामा चालक रुद्रबहादुर बुढा मगरको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको छ भने १६ जना घाइतेको उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
विस्तृत विवरण:
१. जिल्ला अर्घाखाँची भुमिकास्थान न.पा.१० पाकु वस्ने वर्ष ४५ को रुद्र ब. पुन मगरको टाउकोमा चोट अवस्था सिरियस (चालक) , ऐ.१२:२० बजे डाक्टरले मृत घोषणा गरेको ।
२. ऐ.ऐ. वस्ने वर्ष १७ कि वर्षा रानाको पेटमा भित्री चोट अवस्था मध्यम,
३. ऐ.ऐ. वस्ने वर्ष १६ को विप्लव पुन टाउकोमा चोट अवस्था मध्यम, ऐ.१३:०० बजे थप उपचारको लागी वुटवल तर्फ रिफर भएको उपचारमा काका शिव पुन
४. ऐ.ऐ. टोड्के वस्ने वर्ष ४० को शेषकान्त गैरे दायाँ हातमा चोट अवस्था मध्यम,
५. ऐ.ऐ. स्याङल्याङ वस्ने वर्ष १६ कि अमिसा खनालको वायाँ हात र वाया खुट्टामा चोट अवस्था मध्यम,
६. ऐ. शितगंगा न.पा. ६ भनभने वस्ने वर्ष १५ को विकास पेन्नीको वायाँ खुट्टामा चोट अवस्था मध्यम,
७. जिल्ला अर्घाखाँची भुमिकास्थान न.पा.१० पाकु वस्ने वर्ष १५ कि रितु घर्ति मगरको टाउकोमा भित्री चोट अवस्था मध्यम
८. ऐ.ऐ.१० स्याङल्याङ वस्ने वर्ष १८ कि सिम्रन घर्ति मगरको ढाड र दाया हातमा चोट अवस्था सामान्य
९. ऐ.ऐ. वस्ने वर्ष १६ कि रञ्जिता थापाको छातिमा भित्रीचोट अवस्था सामान्य
१०. ऐ.ऐ. वस्ने वर्ष १४ कि वर्षा खनालको ढाडमा भित्री चोट अवस्था सामान्य
११. ऐ.ऐ. वस्ने वर्ष १८ कि अस्मिता नेपालीको वाया हातमा भित्री चोट अवस्था सामान्य
१२. ऐ.ऐ वस्ने वर्ष १२ कि अमृता नेपालीको वाया हात र वाया कानमा चोट अवस्था सामान्य
१३. ऐ.ऐ. १० धनचौर वस्ने वर्ष १७ को आयुष नेपालीको वाया कुम र ढाडमा चोट अवस्था सामान्य
१४. ऐ.ऐ. वस्ने वर्ष १६ कि वसन्ता थापाको ढाड र खुट्टामा भित्री चोट अवस्था सामान्य
१५. जिल्ला अर्घाखाँची शितगंगा न.पा. १० भनभने वस्ने वर्ष १५ को सुन्दर घर्ति मगरको ढाडमा भित्री चोट अवस्था सामान्य ।
१५ जना मध्ये थप उपचार को लागि ३ जना बुटवल रिफर भएको ।






