काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा लोगो सार्वजनिक गरेका हुन् ।
महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारी र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने बताइएको छ । महाधिवेशनमा २१ सयभन्दा बढी प्रतिनिधिले भाग लिदै छन् भने प्रतिनिधि छनौटको प्रक्रिया शनिबार सम्पन्न भएको छ । एमालेको अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपध्यक्ष ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुने भएको छ ।












