काठमाडौं । निर्वाचन आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरेको छ ।
सामाजिक सञ्जालमा प्रसाईले लगाएको आरोप बारेको भिडियोका आधारमा आयोगले निर्णय गरी अनुसन्धान गर्न ब्युरोलाई पत्राचार गरेको जनाएको छ ।



गत शुक्रबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आयोगले अध्यावधिक गर्ने निर्णय गरेपछि प्रसाईले शनिबार आयोगले पैसा लिएर निर्णय गरेको आरोप लगाएका थिए ।








