काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ।
बुधबार सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।



यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। बुधबार तोलामा पाँच हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।








