ट्रेन्डिङ

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

पाल्पा — रैनादेवी छहरा गाउँपालिकाले सुरक्षित मातृत्व कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको प्रयासको परिणामस्वरूप गाउँपालिकालाई एक विशेष समारोहका बीच पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाका आठै वडाबाट संकलित तथ्यांक, संस्थागत प्रसूति सूचक तथा मातृ–शिशु स्वास्थ्य प्रोटोकल पूरा भएको प्रमाणित भएपछि स्वास्थ्य कार्यालय पाल्पाले सिफारिस गरेको र सोही आधारमा औपचारिक घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख जिवन रानाले बताए ।

स्वास्थ्य शाखाले विगत दुई वर्षयता प्रसूति सेवा सुदृढीकरण, जनचेतना विस्तार, गर्भवती दर्ता तथा जोखिम पहिचान, पोषण सुधार कार्यक्रम, गर्भ परीक्षण प्रोत्साहन र स्वास्थ्य संस्थामा सहज प्रसूति सेवा सुनिश्चित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थियो। समुदायमा सुरक्षित मातृत्वप्रतिको बुझाइ बढ्दै गएकाे, वडास्तरमा बर्थिङ सेन्टरहरूको क्षमता अभिवृद्धि भएको र प्रशिक्षित स्वास्थ्यकर्मीको संख्यामा वृद्धि भएको कारण महिलाहरू स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहित हुँदै गएका हुन  स्वास्थ्य शाखा अनुसार, गाउँपालिकाभित्र भएका सबै गर्भवतीको अभिलेख नियमित रूपमा अपडेट गरिएको र गर्भ परीक्षणदेखि प्रसूति सेवासम्मका प्रोटोकल पूरा भएको प्रमाणित भएपछि गाउँपालिकाले पूर्ण संस्थागत प्रसूति घोषणा पाउने योग्यता हासिलको हाे ।

कार्यक्रममा स्वागत मन्त्वय राख्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा हुनु गाउँपालिकाको स्वास्थ्य क्षेत्रप्रतिको प्रतिबद्धता र व्यवस्थित प्रयासको ठोस परिणाम भएको बताए।उनका अनुसार, पछिल्ला वर्षहरूमा गाउँपालिकाले प्राथमिक स्वास्थ्य सेवालाई सुदृढ बनाउन योजना, स्रोत तथा जनशक्तिको प्रभावकारी परिचालन गरेको भन्दै प्रसूति सेवा विस्तार, गर्भजाँचको अभिलेख व्यवस्थापन, सुरक्षित मातृत्व अभियान तथा जोखिमपूर्ण गर्भवती पहिचानमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले गरेको योगदान निर्णायक रहेको उल्लेख गरे।हाम्रो लक्ष्य केवल सूचक पूरा गर्नु मात्र होइन, हरेक आमाले सुरक्षित वातावरणमा गुणस्तरीय सेवा पाउनुपर्छ भन्ने हो। स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहनका लागि यातायात खर्च उपलब्ध गराउनेदेखि लिएर नियमित गर्भजाँचमा अण्डा वितरणजस्ता कार्यक्रमहरूले महिलामा स्वास्थ्यप्रति जागरूकता बढाएको छ ,प्रमुख प्रशासकीय अधिकृतको भनाई रहेको छ ।

कार्यक्रमका  जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका गैरे, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराई तथा प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले संयुक्त रूपमा घोषणा कागज अनावरण गर्दै रैनादेवी छहरालाई औपचारिक रूपमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा गरे।

समन्वय समितिकी उपप्रमुख गैरेले यो उपलब्धिलाई केवल एक गाउँपालिकाको सफलता नभई मातृ–शिशु स्वास्थ्य सुरक्षामा स्थानीय तहहरूको सामूहिक प्रतिबद्धताको प्रमाणका रूपमा लिनुपर्ने बताइन्।उनले आगामी दिनमा पनि सेवा प्रवाहलाई अझ प्रणालीगत तथा नतिजामुखी बनाउन पालिकालाई सुझाव दिईन , विशेषगरी मातृ तथा शिशु स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक स्रोत, उपकरण र दक्ष जनशक्ति व्यवस्थापनमा गाउँपालिका निरन्तर सक्रिय रहनुपर्ने उनको धारणा थियो ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पोखरेलले संस्थागत प्रसूति शतप्रतिशत हुन सक्नु आफैंमा उल्लेखनीय उपलब्धि भएको भन्दै रैनादेवी छहरालाई नमूना स्थानीय तहका रूपमा उभिन सफल भएको मूल्यांकन गरे।महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै पोखरेलले स्वयंसेविकाहरूले घर–घरमा पुगेर गर्भवतीहरूको अवस्था बुझ्ने, सल्लाह–सुझाव दिने, स्वास्थ्य संस्थामा सेवा लिन प्रोत्साहन गर्ने र मातृ–शिशु स्वास्थ्यसम्बन्धी सन्देश निरन्तर फैलाउने कार्यले गाउँपालिकालाई यो सफलतासम्म पुर्‍याएको बताएका थिए।

समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई विकासको मूल आधारका रूपमा व्याख्या गर्दै आएको र स्वास्थ्य सेवा जनताको घरदैलोमा पुर्‍याउन विभिन्न नयाँ कार्यक्रमस्थापना गरिएको बताए। अध्यक्ष भट्टराईका अनुसार, गर्भवती मैत्री पूर्वाधार निर्माण, प्रसूतिकर्मीको दक्षता वृद्धि, बर्थिङ सेन्टरकाे क्षमता विस्तार, स्वास्थ्य शिक्षा तथा जनजागरण कार्यक्रम र जोखिमयुक्त गर्भवती पहिचान गरी नियमित अनुगमन गर्ने प्रणालीले गाउँपालिकामा मातृ–शिशु स्वास्थ्य सूचक सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको छ।पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गाउँपालिकाका स्वास्थ्य संस्था र स्थानीय तहबीचको समन्वय, समुदायस्तरको सहभागिता तथा नेतृत्वदायी भूमिकाको संयोजनको उदाहरण हो। उनले यो उपलब्धिले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम तथा नवप्रवर्तन अघि बढाउन प्रेरणा दिएको बताए।

घोषणा समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले रैनादेवी छहराको उपलब्धि प्रदेशकै लागि महत्वपूर्ण उपलब्धि भएको टिप्पणी गर्दै मातृ–शिशु स्वास्थ्य सेवा सुधारमा स्थानीय तहको नेतृत्व प्रभावकारी ढंगले प्रतिफलित भएको भन्दै प्रशंसा गरे। मन्त्री सारुले गाउँपालिकाले प्रसूति सेवा सुदृढीकरणमा देखाएको सक्रियता, स्वास्थ्यकर्मीको नियमित खटाइ, तथ्यांक प्रणालीको समन्वय र समुदायमा फैलिएको सुरक्षित मातृत्व सम्बन्धी चेतनाले यो उपलब्धि सम्भव भएको बताए। उहाँले आगामी दिनमा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड सेवा विस्तार गरी गर्भवती महिलाको स्वास्थ्य परीक्षण अझ सहज बनाइने प्रतिबद्धता जनाउँदै प्रदेश सरकार मातृ–शिशु स्वास्थ्य सुधारका कार्यक्रमलाई स्थायी रूपमा अघि बढाउन स्थानीय तहसँग सहकार्य गर्ने बताए।

घोषणा कार्यक्रममा गाउँपालिकाका सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक संघ–संस्था, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूकाे मूल्यांकन अनुसार, रैनादेवी छहरामा प्रसूति सेवा सुधार केवल स्वास्थ्य शाखाको मात्र उपलब्धि नभई समुदायको निरन्तर सक्रियता, स्थानीय सरकारको नीतिगत प्रतिबद्धता र स्वास्थ्य संस्थाको सेवा गुणस्तर मिलेर बनेको सामूहिक परिणाम भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आगामी वर्षमा मातृ–शिशु स्वास्थ्य सेवा विस्तारका लागि विस्तृत योजना सार्वजनिक गरेको छ। गाउँपालिकाले बर्थिङ सेन्टरहरूमा थप उपकरण तथा आपतकालीन तयारी सुदृढ गर्ने, मोबाइल स्वास्थ्य सेवा दुर्गम बस्तीमा पुर्‍याउने, गर्भवती तथा नवजात शिशुको गृह–अनुगमन कार्यक्रमलाई अझ विस्तार गर्ने, डिजिटल स्वास्थ्य अभिलेखलाई पूर्ण रूपमा लागू गर्ने तथा विद्यालय, आमा समूह र समुदायसँग समन्वय गरेर नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ।

स्वास्थ्य शाखा प्रमुख जिवन रानाले गर्भवती दर्ता, फोलो–अप, प्रसूति सेवा तथा नवजात शिशु अनुगमनलाई डिजिटल अभिलेखमार्फत व्यवस्थित गरिएको र वडास्तरमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकासँगको समन्वयले सेवा प्रवाह अत्यन्तै सहज बनेको जानकारी दिए।

रैनादेवी छहराको पूर्ण संस्थागत प्रसूति सेवा घोषणा केवल एक औपचारिकता नभई मातृ–शिशु स्वास्थ्य अधिकारको सुनिश्चितताप्रति स्थानीय सरकारको जिम्मेवारी र प्रतिबद्धता स्थापित गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ। प्रसूति सेवामा सहज पहुँच, स्वास्थ्यकर्मीको नियमित खटाइ, आर्थिक सहयोगका कार्यक्रम र समुदायमा सुरक्षित मातृत्वबारे उत्पन्न सकारात्मक धारणा मिलेर गाउँपालिकालाई स्वास्थ्य सूचक सुधारमा प्रदेशकै अग्रस्थानमा पुर्‍याएको देखिन्छ। स्थानीय तहको दीर्घकालीन योजना, स्वास्थ्य पूर्वाधारमा भएको लगानी र समुदायको विश्वास बढ्दै गएको अवस्थामा रैनादेवी छहरा गाउँपालिका अब मातृ–शिशु स्वास्थ्य प्रवर्द्धनमा  नमूना स्थानीय तहका रूपमा स्थापित हुने संकेत देखिएको छ।

कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख जिवन रानाले गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले स्वागत मन्तव्य राख्दै गाउँपालिकाले स्वास्थ्य सेवामा गरेको लगानी र उपलब्धिबारे प्रकाश पार्नुभएको थियो।

सम्बन्धित खवर