ट्रेन्डिङ

देशैभर धान रोपाइँ सुस्त: सुदूरपश्चिम अगाडि मधेस सबैभन्दा पछाडि, लुम्बिनीमा कति ?

तानसेन वडा नं. ६ द्वारा ४ सय १९ जना जेष्ठ नागरिक तथा लक्षित वर्गलाई सम्मान

वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम सम्पन्न, उत्कृष्ट उद्यमी सम्मानित

तानसेन–१२ मा नवनिर्मित वडा कार्यालय भवन समुद्घाटन

इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द

सरकारी आधिकारिक कागजात मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न तीनै तहका सरकारलाई निर्देशन

बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

तिनाउमा अभिभावक शिक्षा अभियान सुरु, पहिलो दिन १७० जनाको सहभागिता

अभिभावकलाई शिक्षित बनाउँदै तिनाउ : असार १० देखि विशेष कार्यक्रम सञ्चालन हुँदै

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम सम्पन्न, उत्कृष्ट उद्यमी सम्मानित

पाल्पा– तानसेन नगरपालिका र दायित्व संस्थाको संयुक्त सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । स्थानीय उद्यमीको क्षमता अभिवृद्धि, उत्पादन वृद्धि, व्यवसाय विस्तार, लगानी प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले तानसेन नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमका लागि तानसेन नगरपालिकाले ५० लाख रुपैयाँ तथा दायित्व संस्थाले १० लाख रुपैयाँ आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएका थिए। नगरपालिकाका १४ वटै वडाबाट उद्यमी तथा उत्कृष्ट कृषक छनोट गरी चरणबद्ध रूपमा तालिम, व्यवसायिक परामर्श, डिजिटल साक्षरता तथा लगानी प्रस्तुतीकरणमार्फत उत्कृष्ट उद्यमी छनोट गरिएको हो । कार्यक्रमअन्तर्गत नगरपालिकाका ११३ जना उद्यमी छनोट भएका थिए। पहिलो चरणमा ४० जनालाई व्यवसाय विकास तथा उद्यमशीलतासम्बन्धी तालिम प्रदान गरिएको थियो । त्यसपछि विभिन्न सूचकका आधारमा २० जना छनोट गरिएका थिए । दोस्रो चरण पार गरेका सहभागीलाई व्यवसाय व्यवस्थापन, डिजिटल साक्षरता र लगानी प्रस्तुतीकरणसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । अन्तिम मूल्याङ्कनपछि उत्कृष्ट १० जना उद्यमी छनोट गरिएका थिए। तीमध्ये सन्दीप अधिकारी (कृष्कम कृषि फार्म) उत्कृष्ट उद्यमी घोषित भएका हुन् ।

उत्कृष्ट १० उद्यमीमा सन्दीप अधिकारी (कृष्कम कृषि फार्म), भगवती पौडेल घिमिरे (कुट्टु कृषि फार्म), धनिश्वर बस्याल (होराइजन होमस्टे), ज्योत्सना बदन तुलाधर (कण्ठ लड्डू तथा हस्तकला उद्योग), समीक्षा राना (निशु बंगुर फार्म), लक्ष्मी पौडेल (लक्ष्मी सर्वोत्तम पिठो उद्योग), जमुना देवी न्यौपाने (महिमा कृषि तथा पशुपन्छी फार्म), दलबहादुर राजपुत (उमा पोल्ट्री तथा कृषि फार्म), ध्रुवराज भण्डारी (भण्डारी तरकारी खेती तथा नर्सरी फार्म) तथा महेश्वर पन्त (एकीकृत कृषि तथा पशुपालन फार्म) रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठलेस्थानीय सरकारको उद्देश्य भौतिक पूर्वाधार निर्माणसँगै नागरिकको आयआर्जन वृद्धि गर्नु रहेको बताउनुभयो । उद्यमशीलताको विकासले स्थानीय उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र युवालाई विदेशिनबाट रोक्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । नगरपालिकाले स्थानीय उत्पादनको ब्रान्डिङ, बजारीकरण र व्यवसाय विस्तारका लागि आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने बताउनुभयो । तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन सहभागीलाई आग्रह गर्नुभयो । नगर उपप्रमुख प्रतिक्षा गाहा सिन्जालीले महिलासहित युवा र कृषिमा आधारित उद्यमीलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उत्पादनमुखी व्यवसायको विकासले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने उल्लेख गर्दै स्वरोजगार सिर्जना गर्न उद्यमीले नवीन सोच र आधुनिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले आगामी दिनमा पनि उद्यमशीलता विकासका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीलेस्थानीय सरकारको प्रमुख लक्ष्य नागरिकको जीवनस्तर उकास्नु रहेको बताउनुभयो । सीप विकास, उद्यमशीलता प्रवर्द्धन र आयआर्जन वृद्धि गर्ने कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको उल्लेख गर्दै तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्न सहभागीलाई आग्रह गर्नुभयो 

नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत दुर्गाबहादुर थापाले वितरणमुखीभन्दा उत्पादनमुखी कार्यक्रमले मात्रै दीर्घकालीन उपलब्धि हासिल गर्न सकिने बताउनुभयो । उद्यमीले उत्पादनको गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ, डिजिटल प्रवर्द्धन तथा बजारीकरणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्‍याउन स्थानीय सरकार, निजी क्षेत्र र उद्यमीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारी व्यवसायलाई दिगो बनाउनुपर्ने बताउनुभयो । दायित्व संस्थाकी कार्यक्रम संयोजक स्नेहा शाक्यले वृद्धि हुने उद्यमीलाई लगानीमुखी उद्यमीका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । व्यवसायलाई दिगो र प्रतिस्पर्धी बनाउन डिजिटल साक्षरता, व्यवसायिक योजना निर्माण, वित्तीय व्यवस्थापन तथा लगानी प्रस्तुतीकरणसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको जानकारी दिनुभयो । यस्ता कार्यक्रमले स्थानीय उद्यमीलाई आत्मविश्वासी र बजारमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा नगर प्रवक्ता यादवसिंह कार्की, नगरपालिकाका कृषि शाखा प्रमुख कल्पना पोखरेल, पशु शाखाका विशाल बस्याल, पाल्पा उद्योग वाणिज्य संघका समीरमान सिंह, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की, जनप्रतिनिधि, कर्मचारी, उद्यमी तथा सरोकारवालाको सहभागिता रहेको थियो । 

 कार्यक्रमका अवसरमा उत्कृष्ट १० जना उद्यमीलाई तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिन्जाली, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी तथा वरिष्ठ प्रशासकीय अधिकृत दुर्गाबहादुर थापाले सम्मानपत्र प्रदान गरी सम्मानित गर्नुभयो । उत्कृष्ट उद्यमी घोषित सन्दीप अधिकारी (कृष्कम कृषि फार्म)**लाई विशेष सम्मान प्रदान गरिएको थियो।

दायित्व संस्थाकी कार्यक्रम संयोजक स्नेहा शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले प्राप्त तालिम, ज्ञान र अनुभवले आफ्नो व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । आयोजकका अनुसार कार्यक्रमले स्थानीय उद्यमशीलताको विकास, रोजगारी सिर्जना र तानसेन नगरपालिकाको आर्थिक समृद्धिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर