अदालतले अन्तरिम आदेश दिएसँगै ढकालले भने, यो पदमुक्तिको दौरानमा, विशेष गरी बितेको एक हप्ताको कठिन र चुनौतीपूर्ण समयमा, मलाई जुन रूपमा यहाँहरूले ढाडस दिनुभयो, त्यो मेरो लागि अमूल्य छ। मलाई निरन्तर शुभेच्छा प्रकट गर्नुहुने, औधी माया गर्नुहुने, हौसला बढाउनुहुने र आफ्नो अमूल्य आशीर्वाद दिनुहुने सम्पूर्ण आदरणीय वडाबासी आमा(बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा म हृदयदेखि नै हार्दिक हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको यही माया र विश्वास नै मेरो शक्तिको मुख्य स्रोत हो।
कांग्रेसले जनप्रतिनिधिले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको जानकारी आयोगलाई दिएपछि पद रिक्त भएको जनाएको थियो । ढकाल तत्कालिन माओवादी भएता पनि कांग्रेसको चुनाव चिन्हबाट निर्वाचित भएका थिए ।



राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको ब्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ । राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम पद खाली भएको आयोगले जनाएको थियो ।









