ट्रेन्डिङ

तिनाउमा अभिभावक शिक्षा अभियान सुरु, पहिलो दिन १७० जनाको सहभागिता

अभिभावकलाई शिक्षित बनाउँदै तिनाउ : असार १० देखि विशेष कार्यक्रम सञ्चालन हुँदै

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

पाल्पा । रिब्दीकोट गाउँपालिका पाल्पाको आयोजनामा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” अन्तर्गत “अभिभावक शिक्षा तथा असल अभिभावक कला कार्यक्रम” आजदेखि वडा नं. ४ स्थित भैरव जनता माध्यमिक विद्यालय बाट औपचारिक रूपमा सुरु भएको छ।

शिक्षा क्षेत्रको गुणस्तरीय विकास, विद्यार्थीको सर्वाङ्गीण क्षमता अभिवृद्धि तथा विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ प्रभावकारी, जिम्मेवार र समन्वयात्मक बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त कार्यक्रममा वडा नं. ४ अन्तर्गतका भैरव जनता माध्यमिक विद्यालय, महेन्द्र जनता प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालयका अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, जनप्रतिनिधि, पालिका कर्मचारी तथा पत्रकार तथा सरोकारवालासहित करिब १३० जनाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षा शाखा प्रमुख राजाराम भाटले विद्यालय, शिक्षक र अभिभावकबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकको मेहनतसँगै अभिभावकको सक्रिय भूमिका पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो।उहाँले पछिल्लो समय बालबालिकामा मोबाइल, इन्टरनेट तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण अध्ययनप्रतिको रुचि घट्ने, अनुशासनमा समस्या आउने तथा सामाजिक व्यवहारमा परिवर्तन देखिने जस्ता चुनौतीहरू बढ्दै गएको उल्लेख गर्दै अभिभावकलाई समयानुकूल सचेत हुन आग्रह गर्नुभयो। साथै विद्यालय सुधारका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय तहबीच सहकार्य, समन्वय र सकारात्मक सोच आवश्यक रहेको धारणा राख्नुभयो।

भैरव जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेगराज शर्माले विद्यालयमा देखिने सम्पूर्ण कमीकमजोरीको दोष शिक्षकलाई मात्र दिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो। उहाँले विद्यालय सुधार शिक्षकको मात्र नभई अभिभावक, समुदाय, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकार सबैको साझा दायित्व भएको उल्लेख गर्दै सबै पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।उहाँले अभिभावकले बालबालिकाको नियमित पढाइ, गृहकार्य, विद्यालय उपस्थिती तथा व्यवहारप्रति चासो दिनुपर्ने बताउँदै घरमै अध्ययनको उचित वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी वडा नं. ४ का वडा   अध्यक्ष सोम बहादुर कार्कीले विद्यालय सुधारका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले प्रत्येक व्यक्तिले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेमा मात्र विद्यालयमा गुणस्तरीय पठनपाठन सम्भव हुने र त्यसबाट असल विद्यालय, सक्षम विद्यार्थी तथा सभ्य समाज निर्माण हुने धारणा व्यक्त गर्नुभयो। समुदायले विद्यालयलाई आफ्नै संस्था सम्झेर सहयोग गर्नुपर्ने, बालबालिकाको नियमित विद्यालय उपस्थिती सुनिश्चित गर्नुपर्ने तथा शिक्षालाई व्यवहारिक र जीवनोपयोगी बनाउन सबैले ध्यान दिनुपर्ने अध्यक्ष  कार्कीको भनाई रहेको थियो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रुकलाल भट्टराईले अभिभावक र विद्यालयबीचको सम्बन्ध सुदृढ हुन सकेमा मात्र विद्यार्थीमा सकारात्मक परिवर्तन सम्भव हुने बताउनुभयो। उहाँले बालबालिकाको व्यवहार, अनुशासन, अध्ययनशीलता तथा नैतिक आचरणमा अभिभावकको प्रत्यक्ष प्रभाव पर्ने भएकाले अभिभावक थप जिम्मेवार र सचेत बन्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले विद्यालयमा गुणस्तरीय सुधार ल्याउने, विद्यार्थी भर्नादर वृद्धि गर्ने, सिकाइ उपलब्धि बढाउने तथा अभिभावकलाई थप जिम्मेवार र सचेत बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।उहाँले असल अभिभावकत्वको विकासले बालबालिकाको व्यवहार, अध्ययनशीलता, अनुशासन, आत्मविश्वास तथा भविष्य निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकामा देखिन थालेका सामाजिक तथा मनोवैज्ञानिक चुनौतीप्रति अभिभावक सचेत हुनुपर्नेमा जोड दिँदै बालबालिकालाई सही मार्गदर्शन, माया, प्रेरणा र सकारात्मक वातावरण दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

उपाध्यक्ष अधिकारीले गाउँपालिकाले आगामी दिनमा पनि “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” अन्तर्गत विभिन्न विद्यालयमा यस्ता अभिमुखीकरण, अन्तरक्रिया तथा चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै जाने जानकारी दिनुभयो।  शिक्षामा सबै पक्षको साझा सहकार्यबाट मात्र समृद्ध समाज निर्माण सम्भव हुने उल्लेख गर्दै “विद्यालय सुधार अभियानमा सबैको साथ, सहयोग र समन्वय आवश्यक रहेको” बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी विद्यालयको भौतिक पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण सिकाइ, शिक्षक क्षमता अभिवृद्धि, बालमैत्री वातावरण निर्माण तथा सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउने गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले “असल अभिभावकले नै असल विद्यार्थी र असल समाज निर्माण गर्न सक्छ” भन्दै अभिभावकलाई आफ्ना बालबालिकाको पढाइ, व्यवहार, अनुशासन र मनोविज्ञानप्रति सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभयो।

उहाँले शिक्षालाई केवल परीक्षामुखी नभई व्यवहारिक, नैतिक तथा जीवनोपयोगी बनाउन आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकारले शिक्षा क्षेत्र सुधारका लागि दीर्घकालीन योजना बनाएर काम गरिरहेको जानकारी दिनुभयो।

शिक्षालाई केवल विद्यालयको जिम्मेवारीका रूपमा नभई अभिभावक, समुदाय, शिक्षक र स्थानीय सरकार सबैको साझा दायित्वका रूपमा बुझ्नुपर्ने बताउनुभयो । बालबालिकाको भविष्य निर्माणमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले घरको वातावरण, अभिभावकको व्यवहार, नैतिक संस्कार तथा विद्यालयको सिकाइ वातावरणले विद्यार्थीको व्यक्तित्व विकासमा प्रत्यक्ष प्रभाव पार्ने कार्कीले बताउनुभयो।

कार्यक्रममा सहभागी भैरव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेश गौतम,वडा न ४ का वडा सचिव देवा पोखरेल, टिकाराम ढकाल, पत्रकार सीता गौतम तथा विद्यार्थी प्रतिनिधि प्रिया भण्डारी लगायतले पालिकाले पहिलो पटक यति प्रभावकारी, व्यवहारिक तथा सचेतनामूलक शैक्षिक कार्यक्रम सञ्चालन गरेको भन्दै गाउँपालिकाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै बालबालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागी अभिभावकहरूले पनि आफ्ना अनुभव, समस्या तथा सुझाव प्रस्तुत गर्दै यस्ता कार्यक्रमले आफूहरूलाई बालबालिकाको व्यवहार, पढाइ तथा भविष्यप्रति थप जिम्मेवार बन्न प्रेरणा मिलेको बताएका थिए।

गाउँपालिकाले शिक्षा क्षेत्रको सुधार, सामुदायिक विद्यालयप्रतिको विश्वास अभिवृद्धि, गुणस्तरीय शिक्षाको सुनिश्चितता तथा विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि आगामी दिनमा पनि यस्ता चेतनामूलक, सहभागितामूलक तथा व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। उपाध्यक्षसँग विद्यालय कार्यक्रम” अन्तर्गत सञ्चालन भइरहेको “अभिभावक शिक्षा तथा असल अभिभावक कला कार्यक्रम” आजदेखि आगामी जेठ ४ गतेसम्म गाउँपालिकाका सबै वडामा सञ्चालन हुने जनाएको छ। गाउँपालिकाका अनुसार कार्यक्रम अन्तर्गत भोलि वडा नं. १ मा कार्यक्रम आयोजना गरिनेछ। यस्ता कार्यक्रममार्फत विद्यालय, अभिभावक र समुदायबीच समन्वय तथा सहकार्य अभिवृद्धि गर्दै शिक्षा क्षेत्रको गुणस्तर सुधारमा थप टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।

गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको प्रमुख आतिथ्यता, उपाध्यक्ष कान्ता अधिकारीको अध्यक्षता तथा शिक्षा शाखा प्रमुख राजाराम भाट को स्वागत मन्तव्यसँगै उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो  ।

कार्यक्रममा आवास सिकाइ कार्यक्रमको अभियानता तथा सहजकर्ता अर्जुन भट्टले सहजीकरण गर्नुभएको थियो भने सहजीकरण नवकिरण नेपाल, तानसेन–पाल्पाले गरेको थियो। सहजीकरणका क्रममा अभिभावकको भूमिका, बालमैत्री व्यवहार, सकारात्मक सोच, बालमनोविज्ञान, अध्ययनप्रति प्रेरणा, अनुशासन, नैतिक शिक्षा तथा जिम्मेवार अभिभावकत्व सम्बन्धी विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो।

 

 

 

सम्बन्धित खवर