ट्रेन्डिङ

देशैभर धान रोपाइँ सुस्त: सुदूरपश्चिम अगाडि मधेस सबैभन्दा पछाडि, लुम्बिनीमा कति ?

तानसेन वडा नं. ६ द्वारा ४ सय १९ जना जेष्ठ नागरिक तथा लक्षित वर्गलाई सम्मान

वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम सम्पन्न, उत्कृष्ट उद्यमी सम्मानित

तानसेन–१२ मा नवनिर्मित वडा कार्यालय भवन समुद्घाटन

इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द

सरकारी आधिकारिक कागजात मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न तीनै तहका सरकारलाई निर्देशन

बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

तिनाउमा अभिभावक शिक्षा अभियान सुरु, पहिलो दिन १७० जनाको सहभागिता

अभिभावकलाई शिक्षित बनाउँदै तिनाउ : असार १० देखि विशेष कार्यक्रम सञ्चालन हुँदै

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल यतिबेला पत्नी रविलक्ष्मी चित्रकारको रेखदेखमा छन् । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकार भारतबाट उपचार गरेर फर्किएपछि घरमै आराम गरिरहेकी छिन् । त्यसकारण खनाल चित्रकारको रेखदेख र पार्टीको आन्तरिक काममा व्यस्त छन् । पछिल्लो राजनीतिक घटनाक्रम बारे प्रमिला कार्कीले खनालसंगकाे गरेकाे कुराकानाी।

गत भदौ २३ र २४ गतेको घटनापछि मुलुकको परिस्थिति भिन्न बनेको छ । संविधान एक ढङ्गले मेटिएको र नयाँ ढङ्गले संसद विघटन भएको छ । नयाँ ढङ्गले सरकार बनाइएको छ । सरकारको दायित्व भनेको ६ महिनाभित्रमा चुनाव गराउने भन्ने छ । २१ फागुनमा चुनाव घोषणा पनि भएको छ । त्यसको तयारीका कुराहरू पनि विविध ढङ्गले अगाडि बढ्दैछन् । तर त्यो निर्वाचन हुनको लागि जुन प्रकारको एउटा वातावरण निर्माण हुनपर्छ र शान्ति सुरक्षाका पूर्वाधार पनि तयार हुनुपर्छ त्यसको तयारी राम्रोसँगले भइसकेको देखिदैन् ।

किनभने आन्दोलनकारीहरुबाट करिब ९० हजार गोली कब्जा भएका छन् । ति सबै फिर्ता भएको कुरा आएको छैन् । धेरै महत्त्वपूर्ण राइफल, एसएलआरहरू उनीहरूको कब्जामा परेका छन् । ती पनि सबै प्राप्त भइसकेका छैनन् । १४ हजार बन्दीहरू भागेका छन् र उनीहरूमध्ये पाँचछ हजार बन्दीहरू अझै फर्केका छैनन् । ती सबै पुनःस्थापित भएकोजस्तो मलाई लाग्दैन । र मुलुकमा शान्ति सुरक्षा प्रदान गर्ने प्रहरी शक्ति–जनपथ अथवा सशस्त्र प्रहरी दुवैको जुन ढङ्गले मनोबल उठाइनुपर्छ त्यो मनोबल उठाउने काम पनि राम्रोसँगले भएको जस्तो मलाई लाग्दैन् ।

त्यसबाहेक २३ गते जेनजी भाईवहिनीहरुले आन्दोलन सुरु गरे भन्ने अर्थमा उनीहरूका केही मागहरू अगाडि सारेको कुरा र शान्तिपूर्ण ढङ्गले सुरुवात गरेको कुरालाई बेग्लै ढङ्गले हेर्न सकिन्छ । तर २४ गते कुनै आन्दोलन नै भएन, त्यो महाविनाश भयो । त्यो दिन राष्ट्रलाई ध्वस्त पार्ने देशी–विदेशी प्रतिक्रियावादीहरूको भयानक षड्यन्त्र भयो । त्यो षड्यन्त्रका नायकहरू को हुन्, यसका संवाहकहरु को हुन भन्नेबारे आजसम्म छानबिन गर्ने, पक्राउ वा गिरफ्तार गर्ने जस्ता कामहरू केहीपनि भएका छैनन् ।

ती विध्वंशकारी त अहिले पनि खुलेआम हिंडिरहेका छन् । अनि कसरी चुनाव हुन्छ ? यस्ता कतिपय प्रश्नहरू बाँकी छन् र त्यसले निर्वाचनको निम्ति आवश्यक तयारी पुगेको छैन । यद्यपि, देशले निर्वाचन माग गरिरहेको छ, आम जनता पनि निर्वाचन होस् भन्नेमा छन् । हामी पनि निर्वाचन होस् भन्नेमै छौं । तर निर्वाचनका लागि आवश्यक पूर्वाधार भएजस्तो लागेको छैन ।

चुनावी सरकार अन्य काममा अलमलमा परेको, चुनावी वातावरण वनाउन सक्रिय नभएको भनिरहँदा नेपाली कम्युनिस्ट पार्टी चुनाव हुन्छ भन्नेमा विश्वस्त छ कि छैन ?

नेपाली कम्युनिस्ट पार्टीको धारणा चुनाव हुनुपर्छ भन्नेछ । सकेसम्म २१ फागुनमै चुनाव होस् भन्नेछ । तर चुनाव यत्तिकै हुँदैन् । चुनाव गर्नको लागि पूर्वाधार तयार हुनैपर्छ । पूर्वाधार बिनाको चुनावले अर्कै खालको माहोल बनाउँछ वा एउटा संकटतर्फ मुलुकलाई लान पनि सक्छ । चुनाव घोषणा गर्ने तर हुन नसक्ने भयो भने अर्को दुर्भाग्य हुन्छ । आम जनताले बुथमा गएर भोट हाल्न सक्ने र भोट सुरक्षित हुन सक्ने अवस्था बन्नुपर्छ । अनि सबै पोलिटिकल पार्टीहरूले पनि अब चुनावको लागि व्यापक तयारीमा लाग्न सक्ने, जनताको बीचमा जान सक्ने, आफ्ना विचारहरू प्रवाह गर्न सक्ने, निर्बाध रूपले प्रचार गर्न सक्ने वातावरण हुनुपर्छ ।

अहिलेसम्म कतिपय मानिसहरूलाई कतै स्थानहद तोकिएको छ, कतै के गरेको छ । स्थानहद तोकिएका मान्छेहरू कुनै अपराधी हुन् भने सरकारले गिरफ्तार गरेर कारबाही गर्न सक्नुपर्छ । अनि कारबाही पनि नगर्ने तर पोलिटिकल लिडरहरूलाई स्थानहद् तोकिदिने काम भएको छ । यसको के अर्थ छ ? त्यसकारण, यो पूर्वाग्रह मात्रै हो भन्ने देखिन्छ । यी सबै विषयहरुलाई राम्रो ढङ्गले समाधान नगरिकन हुने चुनावले राम्रो परिणाम ल्याउँदैन । किनभने चुनाव नै समाधान होइन । हिजो पंचायत कालमा थुप्रै चुनाव भए त्यसले देशलाई के समाधान दियो ? प्रश्न यहाँ छ । अनि ०४६ साल पछाडि पनि चुनाव थुप्रै भए तर देशका आधारभूत समस्याहरू समाधान चुनावले गर्न सकेनन् ।

०६२–६३ को परिवर्तन पछाडि पनि दुइवटा महानिर्वाचन भइसके, त्यसले देशलाई समाधान दिएको भए भदौ २४ को महाविध्वंस चाहिदैन थियो होला । जनआन्दोलन पनि चाहिदैन थियो होला । त्यसैले चुनाव मात्र समाधान होइन । चुनावमार्फत देशलाई कता लाने, त्यसको दिशासहित, प्रतिबद्धतासहित, संकल्पसहितको परिवर्तन पनि त्यसले ल्यायो भने बल्ल जनता र राष्ट्रले चाहेका कुराहरु पूरा हुन्छन् । त्यसका लागि धेरै नै काम गर्नुपर्ने देखिन्छ ।

पछिल्ला दिनमा वैकल्पिक भनिएका शक्तिहरुबीचको एकता बढ्दो छ । हालै मात्र कुलमान घिसिङ, रवि लामिछाने र बालेन्द्र शाहबीच एकता भएको छ । यसले पुराना राजनीतिक दलहरुलाई कस्तो प्रभाव पार्छ ?

त्यो एकतालाई पूराना दलहरूले केही पनि सोचेका छैनन् । जनताले पनि त्यो एकताबाट ठूलो कुनै आशा गरेका छन् जस्तो लाग्दैन् । जनता भनेका पूर्वदेखि पश्चिमसम्म, गाउँदेखि शहरसम्म रहेका सबै होलान नि । त्योभन्दा अरू नै कुनै जनताले सोचेका छन् भने बेग्लै कुरा हो । तर जनताले चाहेजस्तो देशमा भूमि सुधार हुन्छ कि हुँदैन् त्यो मुल प्रश्न हो । आम किसानले क्रान्तिकारी वा प्रगतिशील ढंङ्गको भूमि सुधार चाहेका छन्, कृषि क्रान्ति चाहेका छन् ।

उनीहरुले कृषि क्रान्ति गर्छन् कि गर्दैनन् भन्ने मुल कुरा हो । मुलुकको कृषिले आधुनिकीकरण गर्नुपर्ने आवश्यकता छ । प्रत्येक किसानलाई यतिबेला मल चाहिएको छ, समयमै बिउ चाहिएको छ । वित्तीय सेवा र सहयोग चाहिएको छ, औषधी उपचारको सेवा चाहिएको छ । अनि त्यसका साथसाथै किसानले उत्पादन गरेका वस्तुहरूको लागि बजार सेवा चाहिएको छ । उनीहरूलाई उचित मूल्य दिनुपर्ने छ । के नयाँ भनिएका पार्टीहले यस्ता कुराहरूको प्याकेज लिएर आएका छन ? देशलाई औद्योगीकीकरण गर्नुपर्ने, देशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता छ । रोजगारी सिर्जना गर्न नसकेको हुनाले देश आज संकटमा छ । भएका उद्योगहरू पनि एकपछि अर्को बेचेर खाइयो । त्यस कारण अहिलेसम्म जुन नेतृत्वले देशलाई हाँक्यो त्यो आफैँ पनि असफल छ । त्यो असफलताको निम्ति उनीहरूले जिम्मेवारी लिनैपर्छ ।

तर नयाँ भन्नेहरू केहीपनि नयाँपन देखाएका छैनन् । पार्टी एकताबाट फल निस्किएला जस्तो लाग्दैन् । अर्को कुरा भनेको कार्यदिशा, नीति, सिद्धान्त, संकल्प हुनुपर्ने त्यो अहिलेसम्म कुनै नयाँ भनिने पार्टीहरूमा देखेको छैन । पूराना पार्टीहरूमा पनि जुन गल्ती गरेका छन्, त्यसको आत्मसमीक्षा गरेर आउन सक्नुपर्छ । आत्मालोचना गरेर आउनुपर्छ । हिजो किन गर्न सकिएन भन्ने समीक्षा हुनुपर्छ । हाम्रो पार्टी ५० वर्ष पुग्यो, ७० वर्ष पुग्यो, ७५ वर्ष पुग्यो भनेर हुँदैन । उमेरले केही हुँदैन । पार्टी नयाँ होस या पूरानो त्यसले राष्ट्रलाई आमूल परिवर्तन गर्ने, सामाजिक, आर्थिक क्षेत्रमा परिवर्तन गर्ने, राष्ट्रियतालाई सुदृढ गर्ने, वैदेशिक हस्तक्षेपहरू रोक्ने वा त्यो हस्तक्षेपलाई शून्य पार्ने काम गर्नुपर्नेछ ।

यहाँ त एनजिओ र अनेक प्रकारका फाउन्डेसनहरूका नायक, खलनायकहरूले देश खाँदैछन् । तिनीहरूबाट देशलाई बचाउन चुनौति देखिन्छ । त्यसका लागि नीति र कार्यक्रम लिएर आउनुपर्ने आवश्यक्ता छ । त्यसैले यतिबेला देश जाने बाटो भनेकै समाजवाद हो । खोइ, अहिलेसम्म त्यस्तो समाजवादको कुरा गरेको, नयाँ पार्टीमा त्यो देखिएन् । पुँजीवादका भाग शक्तिहरू मात्रै देखिन्छन् ।

यसरी कसरी समाधान हुन्छ ? तर पूराना भनिएका पार्टीप्रति पक्कै वितृष्णा त छ नि ?

हामी १७ वटा पार्टी एकीकृत भएका छौं । अथवा नेपाली कम्युनिष्ट पार्टी बनेको छ । अझै थपिएर २० वा २५ वटा पुग्ला । तर एकता ग¥यौँ भनेर मात्रै पनि सन्तुष्ट हुने स्थिति देखिदैन् । पार्टीले गर्नुपर्ने काम गर्न सक्नुपर्छ । हिजो विभिन्न कम्युनिष्ट पार्टीहरुकै सरकार पनि बने, ती पार्टीहरूले के गर्न सकेनन् र त्यस्तो प्रकारको एउटा आन्दोलनबाट विस्फोट हुनुपर्ने अवस्था आयो । विस्फोटन नै भयो, त्यसबाट सिक्नुपर्ने जरुरी छ । पहिलो कुरा, हाम्रो पार्टीले पनि विगतबाट शिक्षा लिनुपर्छ । दोस्रो कुरा, क्रान्तिकारी भूमि सुधार गर्ने कि नगर्ने भन्ने विषय मुल एजेन्डा हुनुपर्छ । देशका भूमिहीन वा गरिब किसान, श्रमिकहरू, न्यून पुँजीपति वर्गको हितमा नीति बनाएर अब हाम्रो पार्टी हिँड्छ कि हिँड्दैन भन्ने कुराले पार्टीको भविष्य निर्धारण गर्छ ।

अब हामी औद्योगीकीकरणतर्फ लाग्छौँ कि लाग्दैनौँ, औद्योगीकीकरणतर्फ निजी क्षेत्रलाई पनि राज्यले गर्नुपर्ने सहयोग धेरै भएकाले त्यसतर्फ सोच्नुपर्ने बेला आएको छ । हिजो राज्यले गरेका कतिपय उद्योगधन्धाहरूको कारणले नेपाल अलिकति औद्योगीकीकरणको दिशामा अगाडि बढेको थियो । एउटा तथ्याङ्क हेर्नुभयो भने सन् १९९८ तिरको नेपालको जीडीपीमा करिब–करिब उद्योग क्षेत्रले १२ प्रतिशतभन्दा बढी योगदान गरिरहेको थियो । अहिले झरेर ५ प्रतिशतभन्दा तल पुगेको छ । हामी औद्योगीकीकरणतिर होइन, अनऔद्योगीकीकरणतर्फ गइरहेका छौँ । त्यसैले नेपाली कम्युनिष्ट पार्टीले गर्ने प्रतिबद्धता भनेको औद्योगीकीकरण नै हो ।

राष्ट्रिय उद्योगधन्धाहरूको सञ्जाल देशव्यापी रूपमा विकास गर्छौं र रोजगारी उपलब्ध गराउँछौँ भन्न सक्नुपर्छ । आज सारा युवाहरू विदेश जानुपर्ने स्थिति बनिरहेको छ । हरेक दिन २५ सय युवाहरू बाहिर गइरहेका छन् । र उताबाट दैनिक पाँच जना नेपालीको शव आइरहेको छ । यो स्थिति बदल्न तयार छ कि छैन हाम्रो पार्टी, नेताहरू तयार छन् कि छैनन् भन्ने मुल प्रश्न छ । यसले नै पार्टीको भविष्य निर्धारण गर्छ, पार्टी बनायौँ भनेर मात्र पुग्दैन ।

पूराना भनिएका नेताहरुप्रति व्यापक असन्तुष्टि पनि छ नि ?

जेनजी भन्ने शब्द नै पश्चिमबाट ल्याइएको हो । बालबालिका, नवयुवा, युवा अधवैंशे वा बुढापाका अथवा ज्येष्ठ नागरिक भनेर हामी भनिरहेका छौं । नयाँ भाषाहरू, नयाँ–नयाँ प्रविधिहरु ल्याएर अहिले जेनजी आन्दोलनको नाममा बुढापाकाहरूमाथि घृणा फैलाइएको छ । यी बुढापाकाको काम छैन आदि इत्यादि भनिरहेका छन् । बुढो भनेर लेखिरहेका छन् ।

बुढापाकाहरूप्रति घृणा फैलाउने कुरा भनेको पश्चिमा संस्कृति हो, यो नेपाली संस्कृति होइन । त्यसकारणले आन्दोलन गर्नेहरूले पनि सोच्नुपर्ने धेरै कुरा छ । म कहाँ उभिएर काम गरिरहेको छु, एउटा उत्पादन गर्नेले पनि सोच्नुपर्छ । म कुन देशमा उभिएर उत्पादन गर्दैछु भन्ने बुझ्नुपर्छ । एउटा उद्योगधन्धा स्थापना गर्नेले पनि सोच्नुपर्ने हुन्छ । यो कुरा आफैंको धरातलमा उत्रिन सकिएन भने हामीले त्यो देशको सेवा गर्न सकिरहेका हुँदैनौँ । त्यसैले यि चिजलाई ध्यानमा राखेर अगाडि बढ्नुको विकल्प नै छैन ।

आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भइसकेको छ । नेपाली कम्युनिष्ट पार्टीले निर्वाचनको तयारी कसरी गरिरहेको छ ?

पहिलो कुरा त चुनाव हुन्छ कि हुँदैन भन्नेमै आशंका छ । सरकारले चुनाव गराउन सक्छ कि सक्दैन, पूर्वाधार निर्माण गर्न सक्छ कि सक्दैन भन्नेमै प्रश्न छ । तर हामी जहिले पनि चुनावको लागि तयार छौँ । हाम्रो पार्टी जहिले पनि तयार छ । हामीले उम्मेदवार खडा गर्ने हो र प्रतिस्पर्धा गर्ने हो । जनताको बीचमा जाने हो । सुरुदेखि नै जनताको बिचमा बसिरहेका छौँ, काम गरिरहेका छौँ। जहिले चुनाव भएपनि त्यसका लागि तयार छौं । तर पूर्वाधार तयार हुनुपर्यो र लोकतान्त्रिक आधारमा निर्वाचन हुनुपर्यो ।

तर निर्वाचन हुने वातावरण भएन र संसद पुनःस्थापना भयो भने मुलुक कतातिर जाला ?

यतिबेला यि दुईवटै विषयमा वहस भइरहेको छ । राजनीतिमा दुइवटै सम्भावनाहरूको बिचमा बहस भइरहेको छ । एकथरी चुनाव हुन्छ, हुन्छ भनेर हिँडेका छन्, अर्काथरी पूर्वाधार तयार भएको छैन तर चुनावमा सबै जानैपर्छ चुनाव नै अहिलेको निकास हो भनिरहेका छन् । तर त्यसको लागि पूर्वाधार तयार हुनुपर्छ । पूर्वाधार तयार भएन भने पुनःस्थापना पनि हुनसक्छ भन्ने खालका धारणाहरू आएका छन् । पहिलो कुरा त निर्वाचन नै हो । निर्वाचनकै लागि तयारी भएर जानुपर्छ । त्यसको लागि सरकारले तयारी गर्न सक्नुपर्छ । सरकारले तयारी गर्न सकेन भने त्यसको जिम्मा उसैले लिनुपर्छ ।

चुनाव गरौँ भनेर आह्वानका आधारमा हुँदैन, भाषण गरेरर चुनाव हुँदैन । त्यसको लागि व्यवहारिक र प्रभावकारी ढङ्गले वातावरण बनाउन सक्नुपर्छ । त्यो सरकारको जिम्मेवारी हो । पार्टीहरूले पनि आफ्नो ढङ्गले तयारी गर्ने, वातावरण बनाउने कुराहरुमा कन्ट्रीब्यूसन गर्नुपर्छ । त्यस्तो भएन भने अर्को बाटो लिनुपर्ने पनि हुनसक्छ । तर अर्को बाटो लिनुपर्दा पहिला सबै पार्टीहरूका बीचमा एउटा राष्ट्रिय सम्मेलन होस र त्यो सम्मेलनबाट संसद पुनःस्थापना गर्नुपर्ने स्थिति आयो भने पुनःस्थापित संसदले के गर्छ भन्नेमा क्लियर हुनुपर्छ । हिजोकै कामहरू गर्ने हो भने संसद पुनःस्थापनाको काम छैन ।

उही संकटतिर जाने देखिन्छ । त्यसकारण नयाँ ढङ्गले संविधानमा, देशको सामाजिक, आर्थिक संरचनामा सुधार गर्नेछौं भन्ने किसिमको प्रतिवद्धता हुनुपर्छ । कृषि, उद्योग, व्यापार आदि इत्यादिमा यसो गर्नेछौँ भन्ने खालको प्रतिवद्धता हुनुपर्छ । शिक्षा, स्वास्थ्यमा सुधार गर्छौँ भन्ने प्रतिवद्धता हुनुपर्छ । आकार लिइरहेको विश्व व्यवस्था अनुरूपको विदेश नीति पनि तयार गर्नुपर्छ । विदेश नीतिलाई नयाँ ढङ्गले पुनर्संरचना गर्न अत्यन्त जरुरी छ ।

नेपालको अग्रगति वा प्रगति, समाजवादतर्फ जाने खालको राष्ट्रिय प्रतिबद्धता लिएर त्यसको निम्ति एउटा आधार तयार पारेर संसद पुनःस्थापित गर्नसक्ने बाटो आवश्यक पर्नसक्छ । ति विविध प्रस्तावहरुलाई संसदबाट पास गर्ने अनि त्यसपछि अर्को चुनावतर्फ जाने हो भने उत्तम हुनसक्छ । सबै पार्टीहरूले जसले जिते पनि यो प्रतिबद्धता लागु गर्छौँ भन्ने प्रतिवद्धता गरेभने देशलाई सकारात्मक दिशातर्फ लान सक्छ भन्ने मेरो आशय छ ।

जेनजी आन्दोलनपछि अर्थतन्त्र कमजोर भएको, ठूला विकासका योजनाहरु अघि वढ्न नसकेको गुनासोहरु आइरहेको छ । नेपाल कहिले विकासको लयमा फर्किएला ?

खासगरी यसलाई अलिकति अलग गरेर हेर्नुपर्छ भन्ने मलाई लाग्छ । भदौ २३ गतेको दुई–तीनवटा मागहरु राखेर गएका आन्दोलनकारीहरु बेग्लै हुन् । ती बालबालिकाहरुले, जसले पोशाक नै लगाएर सडकमा उत्रे र जे माग गरेका थिए, ती कुरालाई भिन्न ढंगले हेर्नुपर्छ । उनीहरुका भावनालाई कदर गर्नुपर्छ, सम्मान पनि गर्नुपर्छ । ती कलिला बालबालिकाहरुले समेत सडकमा उत्रेर भ्रष्टाचार अन्त्य होस्, सुशासन होस् भनेर कराउनुपर्ने बाध्यता देशमा जुन खडा भयो, त्यो खडा हुनुको कारण भनेको यही देशका नेतृत्वले ठिक ढंगले नेतृत्व गर्न नसकेर हो भन्ने हामीले बुझ्नुपर्छ । तर २४ गतेको जुन घटनाक्रम भयो त्यो चाहीं महाविध्वंश हो ।

देशलाई चक्नाचुर पार्ने ढंगले देशी र विदेशीले गरेको षडयन्त्र हो । हरेक घरघरमा गएर हेर्नुभयो भने त्यो षडयन्त्र देख्नुहुन्छ । त्यो महाविध्वंशका क्रममा राजावादीहरुको कसैले छोएको देखिदैन । अनि राप्रपाको पनि कसैले छोएको देखिदैन, रास्वपालाई पनि कसैले छोएको देखिदैन । यसले गम्भीर प्रश्न खडा गरेको छ ।

देशभरका सारा नगरपालिकाहरु भवनहरु जले, कार्यालयहरु जले तर काठमाडौं महानगरपालिकालाई कसैले छोएन । किन यस्तो भयो ? यसले गम्भीर प्रश्न उब्जाएको छ । यी आन्दोलनकारी, ती विध्वंसकारीहरु पनि कस्ता डिस्क्रिमिनेसन गर्नेवाला रहेछन् । कतैबाट परिचालित नै छन् । यस विषयलाई ठिक ढंगले विचार गर्नुपर्छ । अहिले राजनीतिक, आर्थिक, सामाजिक संकट छ । सांस्कृतिक, राष्ट्रियता र सुरक्षा संकट छ । प्रत्येक परिवारले सुरक्षाको निम्ति धेरै संवेदनशील हुनुपर्ने अवस्था छ ।

जेनजी पुस्ताले उठाएका मागहरु कसरी सम्बोधन गर्न सकिएला ? जेनजीहरुबीच एकता देखिदैन, यसले मुद्दालाई कमजोर बनाउँदैन् ?

जेनजी भनेको कुनै वर्ग पनि होइन, जेएनजी भनेको कुनै समुदाय पनि होइन । एउटा उमेर समूह हो । त्यो उमेर समूहका मान्छेहरुमा चोर र फटाहा पनि छन्, ज्यानमारा पनि छन् । र, त्यो उमेर समूहभित्र असल–असल देशभक्तहरु पनि छन् । भविष्य निर्माण गर्ने काममा दत्तचित्त भएर लागेका अध्ययनशील युवा विद्यार्थीहरु पनि छन् ,अनुसन्धानकर्ताहरु पनि छन्, देशभक्तहरु पनि छन् । यो देशको साँच्चो अर्थमा विकास होस् भन्ने चाहना राख्नेहरु पनि छन् । अनि, मुलुकलाई यसरी विध्वंश गर्ने पनि छन् । त्यसैले एउटा समुदायका रुपमा, कुनै पार्टी, कुनै संगठन बन्नै सक्दैन। यो असम्भव कुरा हो।

उनीहरुकै विभिन्न समूह वा गुट छन्, त्यो त स्वाभाविक कुरा हो । जेनजीहरु कोही दरबारियाहरुसँग गाँसिएका होलान्, कोही राप्रपासँग गाँसिएका होलान्, कोही रास्वपासँग गाँसिएका होलान् । कसैले नयाँ पार्टी बनाइरहेका छन् । त्यता गाँसिएका पनि होलान्। कोही कम्युनिस्ट पार्टीसँग, कोही कांग्रेससँग गाँसिएका होलान्। सबै युवाहरु विभिन्न ढंगले विभिन्न समुदायमा यसरी विभाजित छन् । जेनजी भनेको त्यही हो । उनीहरु कुनै अलगै संगठन हुँदैन् । जहाँ पनि विभाजित हुन्छन्, अहिले पनि विभाजित भइरहेका छन् । आन्दोलनको क्रममा, केही देशी–विदेशीहरुको योजनामा र केही साधनहरु–डिस्कोर्ड जस्ता मिडियाहरुलाई प्रयोग गरेर मानिसहरु भेला गरियो, उनीहरुलाई विभिन्न ढंगले उत्प्रेरित गरियो होला ।

भ्रष्टाचार अन्त्य गर्ने अनि सुशासन कायम गर्ने, बन्द गरिएका सामाजिक सञ्जालहरु खोल्ने भन्ने सवालमा एकजुट भएर सडक आन्दोलनमा जाने कुरा मिल्यो होला । तर त्यस पछाडि के गर्ने, आन्दोलन नै कसरी सञ्चालन गर्ने भन्ने विषयमा एकमत थिएन । जिम्मेवारी कसैले लिएन, आन्दोलन रोक्नुपर्यो भने पनि रोक्नसक्ने कोही भएन् । रोक्ने मेकानिजम आन्दोलनकारीसँग हुनुपर्ने हो । कस्ता नारा लगाउने, कस्तो उद्देश्यसम्म आन्दोलन लैजाने, कस्ता मान्छेहरुलाई परिचालित गर्ने भोलेन्टियर्सको बन्दोबस्त कसरी गर्ने, वार्ता गर्नुपर्यो भने वार्ता कसरी गर्ने आदी विषयमा एकमत हुनुपर्छ । त्यो जेनजीहरु देखिएन् ।

उनीहरु त आन्दोलनमा उत्रिए, जानेर होस् या नजानेर । उनीहरुको उद्देश्य राम्रो देखिन्छ । त्यसैले मैंले भदौ २४ गते बिहानै वक्तव्य निकालेर त्यसलाई समर्थन पनि गरेँ । नवयुवाहरुको यो आन्दोलनले उठाएका मागहरु जायज छन् र सरकारले तुरुन्त पूरा गरोस्, दमन नहोस् भन्ने हिसाबले वक्तब्य निकालें । वक्तव्य निकालेको केहीछिन पछि नै मेरो परिवारमाथि, घरमाथि हमला भयो । लुटपाटको घटना कुनै आन्दोलन होइन । २४ गते त्यही भयो । डिजिटल टेक्नोलोजीलाई प्रयोग गरेर देशमाथि भयो । यसलाई साम्राज्यवादीहरुले गरेको हमला भन्न सकिन्छ र त्यसमा लाग्नेहरु सबै साम्राज्यवादीका टट्टु हुन्, अरु केही पनि होइन ।

तपाईंहरुले कम्युनिष्ट एकता अभियान अगाडि बढाउनुभएको छ । एमालेसँग एकताको सम्भावना छ कि छैन ?

हामीले १६–१७ वटा कम्युनिस्ट र प्रगतिशील समूहहरुलाई एकताबद्ध गरेका छौं । यो एउटा उपलब्धि हो । अब यसलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक रुपले सुदृढ गर्ने भन्ने ठूलो चुनौति छ । कतिपय बामपन्थीहरुले हामीलाई बामपन्थी मान्दैनन्, त्यो बेग्लै कुरा हो । तर म अरुलाई पनि बामपन्थी मान्छु । जस्तै नेकपा एमाले बामपन्थी पार्टी हो । अन्य केही सानातिना बामपन्थीहरु पनि छन्, यी सबै एकताबद्ध हुनुपर्ने आजको आवश्यकता हो ।

एमाले पनि एकताबद्ध हुनुपर्छ र त्यसका लागि वार्ता हुनुपर्छ । हिजो कुनै गल्ती कमजोरी भएका छन् भने ती गल्ती कमजोरी फेरि नदोहोर्याउने संकल्प हुनुपर्छ, प्रतिबद्धता हुनुपर्छ । सोही प्रतिबद्धताका आधारमा एउटा नयाँ ढंगले एकतावद्ध र ठोस उद्देश्य राख्नुपर्छ । कम्युनिस्टहरुको मात्र एकतालाई दरिलो र गहिरो बनाउनुपर्छ । सम्पूर्ण बामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरुलाई एकताबद्ध गर्नुपर्छ र आज देशविरुद्ध जुन प्रकारका षड्यन्त्रहरु भइरहेका छन्, त्यसकाविरुद्ध देशव्यापी वा राष्ट्रव्यापी एउटा विशाल मोर्चाबन्दी हामीले गर्नुपर्छ । देशलाई समृद्धितर्फ लैजान र सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक रुपान्तरणका कार्यक्रमहरु ल्याएर अनि राष्ट्रियतालाई सुदृढ गर्ने दिशामा बढ्नुपर्छ

सम्बन्धित खवर