बुटवल । भीम अस्पताल भैरहवाको नयाँ मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) मा डा. वर्षा थापा नियुक्त भएकी छन्। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ११ तहकी डा. थापालाई भिम अस्पतालको मेसु पदमा जिम्मेवारी दिएको हो।
डा. गुप्ता २०८१ साल जेठ महिनामा भीम अस्पताल भैरहवाको मेसु पदमा नियुक्त भएकी थिइन्। काज फिर्ता भएपछि अब उनी पुनः लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत हुने भएकी छन्।












