पाल्पा । पाल्पाको सिद्धबाबा नजिक मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका गुल्मीका ४७ वर्षीय नवराज पन्थको उपचारका क्रममा मृत्यु भएको छ।
आइतबार दिउँसो करिब साढे १ बजे तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा नजिक बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल भिरमा खसेको थियो।



दुर्घटनामा गम्भीर घाइते भएका गुल्मीको छत्रकोट गाउँपालिका–३ निवासी पन्थलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी भीमलाल भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार मोटरसाइकल सडकबाट करिब ९० मिटर तल खसेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









