बुटवल । रुपन्देही उद्योग संघको कार्तिक २२ गते हुने २४ अधिवेशनबाट नयाँ नेतृत्वको लागि मनोनयन भएको छ । बिहीबार भएको मनोनयनमा अधिकांश पदमा एकल उम्मेदारी परेपनि केही पदमा धेरै उम्मेदारी परेको छ ।
त्यसैगरी सदस्य आजिवनको एक पदमा ई. किरण खरेल, सदस्य एशोसिएट पद-१ मा अखिलेश गुप्ता कशौधन, सदस्य संस्थागत पद-१ मा तेजप्रसाद पराजुली, लिलाधर लुईटेल, सदस्य खुल्ला पद-६ मा रमेशप्रसाद आचार्य, लालप्रसाद बस्याल, काशिनाथ खनाल, मेघबहादुर घिमिरे, अनिश कुमार कशौधन, सुरेन्द्र चौधरी, माधव नेपाल, थानेश्वर पाण्डेको उम्मेदारी परेको छ । त्यसैगरी सदस्य महिला पद-२ मा पार्वती गिरी र दिलु शाही, सदस्य बुटवल औद्योगिक क्षेत्र पद-१ मा प्रज्जवल थान्जु, बुटवल उपमहानगरपालिका-२ पदमा नारायणप्रसाद खनाल र डिल्लीनारायण पाण्डे, सदस्य तिलोत्तमा र ओमसतिया पद-२ मा घनश्याम पौडेल शर्मा र शतिस सापकोटा, सदस्य देवदह नगरपालिका रोहिणी गाउँपालिका पदमा चक्रपाणी तिवारी, सदस्य सैनामैना नगरपालिका, कन्चन र गैडहवा पद-१ मा कृष्णप्रसाद पोखरेल, सदस्य शुद्धोधन र सियारी गाउँपालिका पद-१ मा टंकनारायण आचार्यको उम्मेदारी परेको छ ।



सदस्य सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिका पद-१ र सदस्य लुम्विनी सांस्कृतिक नगरपालिका,कोटहीमाई, समरीमाई र मर्चवारी पद-१ मा कसैको उम्मेदारी परेको छैन ।









