काठमाडौं । सुरक्षा निकायका प्रमुख र मुख्यसचिवले प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेकाले संयमित हुन आग्रह गरेका छन् ।
अपिलमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौँ। यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौँ ।












