बुटवल । जेनजी आन्दोलनका कारण आगजनी र तोडफोडबाट क्षति बेहोरेको देशकै ठुलाे भैरहवा भन्सार कार्यालयले अस्थायी संरचना बनाएर सेवा सञ्चालन सुरु गरेको छ । कार्यालय भवनमा क्षति भएपछि कर्मचारीहरूले टेन्ट (पाल) टाँगेर जाँचपास लगायतका कामहरू संचालन गरेका हुन् ।
उनले भन्सार जाँचपासको काम हामीले टेन्ट टाँगेर सुरु गरेका छौँ, अन्य प्रशासनिक काम सुरु गर्न केही समय लाग्न सक्छ ।’



भन्सार कार्यालयले यसअघि डिजिटल प्रविधिबाट सेवा प्रवाह गर्दै आए पनि ती संरचना नष्ट भएका कारण अहिले म्यानुअल भए पनि जाँचपासको काम भइरहेको छ । खासगरी यहाँबाट अहिले ग्यास बोकेका बुलेट लगायत अत्यावश्यक सामग्री भित्रिन थालेका छन् ।









