काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राती देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।












