काठमाडौँ । देशभर विकसित घटनाक्रमका बिच दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सोह्र खुट्टेमा रहेको केन्द्रीय कार्यालयमा पनि आन्दोलनकारीहरूकाे निसानामा पर्याे । आन्दोलनकारीहरू कार्यालयमा प्रवेश गरी तोडफोड र आगजनी गरे ।
एक विज्ञप्ति जारी गर्दै एनसेलले हालै देशमा विकसित दुर्भाग्यपूर्ण घटनाक्रमबाट आफूहरू मर्माहत भएको बताउँदै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ । आम उपभोक्तालाई परिवर्तन र सङ्कटको समयमा देश विदेशमा रहेका आफन्तजनहरूसँग सम्पर्क निरन्तर कायम राख्नु आफ्नो प्राथमिकता रहेको कम्पनीले जनाएको छ ।



कम्पनीले यस्ता अत्यावश्यक सेवा तथा सम्पत्तिमाथि कुनै पनि क्षति नपुऱ्याइदिन र अविच्छिन्न सञ्चार सेवा प्रदान गर्न सहयोग गर्न सम्पूर्णमा अनुरोध गरेको छ ।एनसेलले दूरसञ्चार जस्तो अत्यावश्यक तथा सार्वजनिक सम्पत्तिमाथि क्षति भएमा समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्ताहरूलाई मर्का पर्ने सुनिश्चित हुनेतर्फ ध्यानाकर्षण समेत गराएको छ ।






