ललितपुर । ललितपुर जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चार किल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।



जेन जेडले सोमबार गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ ।









