बुटवल, रुपन्देही – रुपन्देही जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा लागू भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मङ्गलवार बिहान साढे ९ः३० बजेदेखि लागू हुने गरी आदेश जारी गरेको हो।
प्रशासनका अनुसार, निषेधाज्ञाको समयमा सार्वजनिक सभा, भेटघाट, विरोध प्रदर्शन, र गैरआवश्यक आवतजावत पूर्णरूपले रोकिनेछ। केवल सरकारी, आपत्कालीन र स्वास्थ्य सेवा सम्बन्धी कामहरूलाई अनुमति दिइनेछ।



जिल्ला प्रशासनले सडक, बजार र सार्वजनिक स्थानहरूमा सुरक्षा बलको निगरानी कडा बनाएको छ। नियम उल्लंघन गर्ने व्यक्तिहरूविरुद्ध कडा कारवाही गरिने चेतावनी दिइएको छ।
सामाजिक सञ्जाल र स्थानीय सञ्चार माध्यममार्फत जनचेतना कार्यक्रम सञ्चालन गर्दै नागरिकलाई निषेधाज्ञाको पालना गर्न, घरमा बस्न र सरकारी निर्देश पालनामा सहयोग गर्न प्रशासनले अनुरोध गरेको छ।
स्थानीय व्यापारी, विद्यालय र संघ–संस्थाहरू पनि आदेशको पालना गर्न बाध्य छन्। हाल जिल्लाका धेरै स्थान सडक र बजार सुनसान देखिएका छन्। प्रशासनले आवश्यक परे थप कडाइका साथ नियन्त्रण उपायहरू लागू गर्ने जनाएको छ।










