काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले अन्तरिम सरकारको सिफारिश बमोजिम मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।
सरकारले अध्यादेशमार्फत निर्वाचन कानुनलाई संशोधन गरेको हो । निर्वाचन मिति तोकिसकेपछि कानुनमा नयाँ मतदाताको नाम समावेश गर्न नपाइने प्रावधान रहेकाले सरकारले जेनजी आन्दोलनको भावना अनुसार उनीहरुलाई मतदानको अवसर दिन निर्वाचन कानुनमा संशोधन गरेको हो ।









