काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार चिनियाँ रेस्टुरेन्ट बाहिर भएको विस्फोटमा एक चिनियाँ नागरिक सहित सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।काबुल प्रहरीका प्रवक्ता खालिद जरदानका अनुसार राजधानीको शहर-ए-नाउ क्षेत्रमा भएको विस्फोटमा मारिनेहरूमा एक चिनियाँ नागरिक र छ अफगानी नागरिकहरू छन् ।
विस्फोटपछि चार महिला र एक बच्चा सहित २० जना घाइतेलाई अस्पताल लागिएको बताइएको छ । मृतक चिनियाँ नागरिक मुस्लिम भएको र आफ्नी श्रीमती र एक अफगानी सहकर्मीसँग मिलेर चिनियाँ चाउचाउ रेस्टुरेन्ट चलाइरहेको बताइएको छ । विस्फोट उनकै रेस्टुरेन्ट नजिकै भएको थियो ।



अर्कोतर्फ, अतिवादी संगठन इस्लामिक स्टेट आइएसआइएसले यो विस्फोटको जिम्मेवारी लिएको छ ।






