
कसरी थाहा पाउने मनोरोगको संकेत मनोरोगलाई शारीरिक समस्याभन्दा पनि बढी खतरनाक समस्याको रुपमा मानिन्छ । नेपालमा कूल जनसंख्याको पाँचदेखि सात प्रतिशत मानिसहरु मानसिक समस्याबाट पीडित हुने गरेको भेटिएको छ ।तथ्यांकअनुसार प्रति तीन जना एन्जाइटी र डिप्रेशनका बिरामीमध्ये दुई जना महिलाहरु हुने गरेका छन् । भारतमा प्रत्येक ६ जनामध्ये एक जना व्यक्तिहरु मनोवैज्ञानिक समस्याबाट पीडित हुने गरेको सरकारी तथ्यांकमा उल्लेख छ । तथ्यांकका अनुसार विश्वमा प्रायस् ३० वर्षदेखि ४९ वर्ष उमेरका व्यक्तिहरुमा धेरै मनोरोगको समस्या देखिने गरेको छ । तर, यही उमेरका अधिकांश मनोरोगीहरुले आफूमा रहेको मानसिक समस्या समाजका कारण बाहिर नबताउने गरेको मनोचिकित्सकहरुको अनुभव छ ।विभिन्न अध्ययनहरुले गाउँमाभन्दा शहरमा मानसिक रोगीहरूको संख्या बढी हुने गरेको औल्याएको छ ।
यसको मूल कारणको रुपमा गरिबीलाई लिने गरिन्छ । यद्यपि मानसिक समस्याहरु केवल ३३ देखि ४९ वर्ष उमेरका मानिसमा मात्रै नभएर यो जुनसुकै उमेरसमूहका मानिसहरुमा समेत लाग्न सक्ने मनोचिकित्सकहरु बताउँछन् ।मनोचिकित्सकहरुले आ–आफ्नो बुझाई अनुसार मनोरोगको संकेतबारे बताउने गरेका छन् । मनोरोगलाई पनि विभिन्न किसिमले छुट्याउन सकिन्छ । दैनिक गतिविधिहरुमा धेरै खुशी नहुनु पनि एउटा मानसिक समस्याको संकेत हो । धेरै मानसिक समस्या भएका मानिसहरुलाई आफू कहिले खुशी भएको थिएँ रु भन्ने बारेमा समेत जानकारी हुँदैन । एक्लोपन रुचाउनु, आफैंले आफैंलाई घृणा भावले हेर्नु, आफूले आफैंलाई मार्न चाहनु समेत मनोरोगको लक्षण भित्र पर्छ ।यी चीजहरू बाहेक कुनैपनि सामाजिक सञ्जाल या कतै आत्महत्याको समाचार या प्रयासबारे खोजी गर्नुजस्ता समस्याहरु समेत मानसिक समस्याका संकेतहरु हुन् ।विशेषज्ञहरु मानसिक समस्याको संकेतलाई बेवास्ता गरिँदा यस्ता रोगीहरुमा गम्भीर समस्या देखिने गरेको बताउँछन् ।
अधिकतर मामलामा रोगीहरु समाजले के भन्छ भन्ने डरका कारण उनीहरु बाहिर देखिन चाहँदैनन् । सुरुवाती चरणमा सामान्य औषधिको प्रयोगले निको हुने भएपनि मानिसहरु ढिला गरी उपचार गर्न आउने गर्दा त्यसले झनै जटिलता थप्ने गरेको जानकारहरु बताउँछन् । कुनैपनि मनोरोगीहरु फरक फरक समस्याबाट पीडित हुनसक्छन् । कसैलाई शब्ददेखि नै वितृष्णा हुनसक्छ । कसैलाई रंगदेखि त कसैलाई कसैको व्यवहारदेखि । पहिले त्यसलाई ध्यान दिएर मात्रै उनीहरुको उपचार गर्न सुरु गर्नुपर्छ । विज्ञहरूले पनि कुन हदसम्म बिरामीले अरूलाई समस्या निम्त्याउँछ भन्ने आधारमा मात्रै व्यवहार गर्नुपर्छ । डिप्रेसनको समयमा मानव शरीरमा अक्सिटोसिनको उत्पादन कम हुन्छ ।
त्यही कारणले डिप्रेसनको समयमा मानिसहरु चाहेर पनि खुशी हुन सक्दैन । थेरापीबाट वा जीवनशैलीमा परिवर्तन गरेर नै यसबाट मुक्त हुन सकिन्छ । कुनै व्यक्ति आफैंमा सिद्ध हुँदैन । आफैंले आफैंलाई प्रतिकार गर्नु उपयुक्त हुँदैन । पूर्ण जीवन बाँच्नु र परिवारको दायित्व पूरा गर्नुमा समेत धेरै खुशी निहित हुन्छ । सन्तुलित खाना, नियमित व्यायाम, गलत कार्य नगर्नु, लागूपदार्थ र सुर्तीजन्य पदार्थबाट टाढा रहनु नै खुशीका कारणहरु हुन् ।











