
प्रेम पत्र…..
प्रिय,
तिमीको हौ रुतिम्रो अस्तित्व के हो रुत्यो मलाई ज्ञान छैन र हुनु पनि छैन । तिमी केबल तिमी हौ, मात्र तिमी हौ । त्यो भन्दा बढी मेरो सरोकारको बिषय पनि होईन । तिम्रो, मेरो बाटो एउटै , गन्तब्य एउटै हैन र रु सहकार्य संसर्गले हामी एक अर्का मा नजिक थियौँ । तिम्रो मेरो परिचय थिएन, एउटै बाटो, सधैको दृष्टि–मिलन कहिले मुस्काई त कहिले ठुस्काई ।
तिम्रो मुस्काइमा तिम्रो लावण्य, तिम्रो लालित्यमय अनुहार मेरो मनमा अनेकौ हलचल, भुकम्प, के भनु हुनु पर्ने जति सबै हुन्थ्यो, अनि ठुस्काई । म निभेषभर क्षुब्ध हुन्थेँ, घर गई ऐनामा तुलना गर्थेँ आखिर मेरो मुस्काई र तिम्रो ठुस्काई के नै फरक छ र रु म फेरि ऐना हेरी खिस्स हास्थे अनि आफै मख्ख पर्थे । मलाई तिम्रो मायाले बिस्तारै पोल्न थाल्यो, म अनजानमै तिम्रो हरक्षण सम्झना र छाँयाले सताई रह्यो , मन छट्पटिरह्यो । म पागल भएँ , म अन्धो हो , म अन्धो भएँ तिम्रो प्रेममा।।



आखिर म अन्धो नै थिएँ । तिमीलाई गुलाफ मानेर अधरले स्पर्श गर्ने पुगेँ । मेरो पहिलो स्पर्श काँडामा परेछ , म झस्किएँ, मैले ठानेथे गुलाफ सुकोमल छ तर म अन्धो थिए । मलाई थाहा थिएन मेरो प्रथम स्पर्श काडाथियो, पहिलो स्पर्श साह्रै चोटिलो हुदो रहेछ । मलाई लाग्यो मेरो रोजाई यो विलकुल होईन । सायद मेरो स्पर्शमा कुनै लेपन थिएन , मेरो स्पर्शमा स्वार्थ जडित थिएन । त्यसैले पनि त्यो अति चोटिलो महशुस भयो । अनि म गुलाफको खोजिमा पलाँसलाई अँगाल्नपुगे । पलाँस जो वासनाशुन्य हुन्छ , मैले गुलाफलाई खोज्दा पलाँस पाए । विस्तारै जब मेरो दृष्टि खुल्यो, मलाई थाहा भयो । त्यो पलाँस मैले रोजेको गुलाफ होईन । मैले सुनेको छु ‘पलाँस भगवानलाई चढदैन रे ’ । पलाँस,पलाँस नै हुन्छ, गुलाफ कदापी बन्न सक्दैन ।
म फेरि मेरो कोमल हृदय गुलाफलाई खोज्न निस्के । म निस्कन लागेको बेलामा मेरा तिनभाई लक्ष्य, सपना र कर्तव्यले रोक्न खोज्दै थिए । मैले तिनभाईलाई सम्झाँउदै जान खोजे तर तिनभाईले रोके । म रोए ,कराए, अनुनयविनय गरे , तिमीहरुले मलाई कुर , म मेरो कोमल हृदय गुलाफलाई लिएर आउने छु, जसलाई अघि मैले बिच बाटो मै मिल्काए, म सिल्ली थिएँ ।
मैले काडाको चेतावनी बुझ्न सकिन । तिनभाईले भन्दै थिए“गुलाफको काडा बिनास गर्ने तेरो अधिमार होईन , गुलाफको पत्रपत्र क्षतबिक्षेत गर्न तलाई अधिकार छैन ” मैले जिद्दी गरे ,मेरा प्राण रुपी भाईहरुले मलाई रोई कराई विदा गरे । त्यस पछि तिनभाईले दिएको आर्शिवादको पोकोलाई कुम्लो पारी गुलाफलाई लिन फेरि गए । यात्रा साह्रै कष्ठकार , मरुभुमिको विचमा मेरो गुलाफथियो । मलत्रिदै लत्रिदै गुलाफलाई भेट्न लम्कदै थिए । म घाइते मुटु लिएर गएको थिएँ ।
म अपाङ्ग भै सकेको थिएँ । बिचमा देखे त्याहाँ अरु पनि गुलाफ टिप्न उक्साउनेहरु मेरो अवश्था देख्दा खिसिटिउरी गर्दै थिए । मैले मेरो गुलाफ भेए । म हर्षविभोर भए मेरो घाउहरुले एक किसिमको पानी सियाको महशुस गरे । त्यस पछि उनले मलाई भनिन् “ कति कामले पाल्नुभयो महाशयरु म त छागाँ बाट खसे । मलाई आशाथियो उन्ले मलाई देख्दा साथ मलाई अंगाल्ने छिन् , मेरो गुलाफले मलाई अगाल्ने छ तर विपरित भयो । मेरोे मुटुमा भक्कानो पर्यो, निमोठिएर आयो, दोब्रियो, कुच्चियो अनि कुडिएको मुटु र आखाँ भरि बाक्लो आशु बोकी म रित्तै फर्केन विवश भएँ ।
मलाई विश्वास थियो, मेरो भाईहरु मलाई र मेरो गुलाफलाई स्वागत गर्न आतुर थिए । जस्तै आधीबेहरी, हावा हुरीले छेके पनितिमी सफलहुनु भन्ने आशिष दिएका थिए , खैर जे भएपनि म रित्तो फर्केदै थिए तर अफसोच यो संसारमा उनीहरुले मलाई कुर्न सकेनछन् , धेरै अगाडि बढी सकेका रहेछन् । मेरो मन फेरि भाँचियो, आकाश फुट्यो, धर्ति चिरा पर्यो । अब जीवनमा केहि गर्नु छैन गन्तव्य केहि छैन ।
प्रियगुलाफ, म आफुलाई सम्पुर्ण रुपले तिमीलाई नै सुम्पदै छु । म प्रति धेरै गर्न नसके पनि सहानुभूतिका समवेदनाका दुई शब्दहरु मेरो शरीर खरानी भएको बेला बसाई दिनु । अन्त्यमा तिमीलाई कसैले चुँड्न नसकोस्, तिम्रा गुलाफका पत्रहरु सुरक्षित रहुन् । सबैजनालाई गुलाफ टिप्न उही कष्ठकार सित मरुभुमीमा नै जाने बनाउन तिमीमा थप आर्शिवाद दिँदै तिमी जसको माटोमा फुले पनि संसारलाई सुगन्ध छर , म माथि स्वर्ग लोकबाट नियाल्ने छु ।
सुनिल अधिकारी








