



पछिल्लो समयमा अनलाईन पत्रकारीताको विकास तिव्र गतिमा भएको पाईन्छ । सुचना तथा प्रसारण विभागका अनुसार अहिलेसम्म नेपालमा आधिकारीक दर्ता भएका अनलाईनहरुको सख्या ३७३५ रहेको छ ,भने २०७९÷८० पौष ५ गतेसम्म नविकरण गर्ने अनलाईनको सख्या भने मात्र ८५० रहेको छ ।केही त दर्ता बिना नै सन्चालन भएको पाईन्छ । पत्रकारीतामा कान्छो विधाको रूपमा अनलाईनको विकास भएको भएपनि यसको लोकप्रियता निकै बढ्दो छ । परम्परागत मिडियाहरू अहिले पूर्ण रूपमा अनलाईनमा निर्भर बन्दै जानु तथा अनलाईन पत्रकारीताको विकास र विस्तार तिव्र गतिमा भइरहनुलाई पत्रकारीताको नयाँ फड्को मान्न सकिन्छ। समयको माग भनौं या प्रविधिको विकास, अहिले अनलाइन मिडियाको बजार उच्च बिन्दुमा छ ।
नेपालमा मात्र होइन विश्वव्यापी रुपमा नै अनलाइन मिडियाको क्रेज बढ्दै गइरहेको छ । अहिले छापा, रेडियो, टिभी जस्तै पत्रकारिताको कान्छो विधाको रूपमा अनलाईन पत्रकारिता स्थापित भएको हो । अनलाईन पत्रकारिता सञ्चार कम्प्युटर मेडिएटेड कम्युनिकेसन सिद्धान्तमा आधारित हुन्छ । पत्रकारितामा एक दशक अघिसम्म सूचना मात्रै प्राप्त गर्नु पनि ठूलो समाचार मानिन्थ्यो ।मन्त्रिपरिषद्का निर्णय, संसदमा सांसदहरूले बोलेका कुरादेखि दृश्यसम्म पनि महत्वपूर्ण समाचार हुन्थे । दिनभरी समाचारका लागि दौडिनुपर्ने,सूचना पाउनै कठिन ,अवसर पनि सीमित थियो । प्रविधि फेरियो ,समय फेरियो पत्रकारितामा पहिला जोसँग सूचना हुन्थ्यो, ऊ नै बलियो हुन्थ्यो तर, अहिले अवस्था त्यस्तो छैन अहिले सुविधा र सूचनामा पहुँच मात्र बढेको हैन चुनौती पनि बढेको छ । आज सूचना मात्रै बलियो समाचार हुनसक्दैन ।
अहिले आम मान्छेको हात हातमा सूचनाको पहुँच पुगिसक्यो । सूचनाका लागि पत्रिका टेलिभिजन वा रेडियो कुरेर बस्नुपर्ने अवस्था छैन । अनलाइन तथा सामाजिक सञ्जालमार्फत नै पलपल सूचनाहरू आइरहेका हुन्छन ।
इन्टरनेटको विकासले संसारलाई एउटै गाउँमा सीमित गर्न थालेपछि यसको माध्यमबाट पत्रकारिता पनि सम्भव छ भन्ने अवधारणा अघि आए । वर्तमान समयमा अनलाइन पत्रकारिता सञ्चारको दह्रो र लोकप्रिय माध्यम बन्दै गएको छ । पाठकहरुमा अनलाइनको समाचार पढ्ने बानी बढिरहेको छ । पाठक सँगै अनलाइन पत्रिकाको पनि वृद्धि भैरहेको छ । ब्लगबाट पनि समाचारहरु प्रकाशन गर्ने प्रचलन बढेको छ । नेपालमा पछिल््लो समयमा विकसित सामाजिक सञ्जाल र अनलाइन मिडियाले सञ्चार क्षेत्रलाई धेरै माथि पुर्याएको छ ।
अनलाईन पत्रकारिताका लागि प्रविधिको उच्च उपयोग एउटा सामान्य मापदण्ड हो । लेख्नु मात्र अनलाईनमा सबैथोक होईन समचार लेखन सम्बन्धि अन्य ज्ञान,भाषिक शुद्धता भएको हुनुपर्ने हुन्छ । कुनै घटनास्थल पुग्दा अनलाईन पत्रकारसँग क्यामेरा, ल्यापटप, वायरलेस माइक, डिजिटल रेकर्डर आदि हुनु सामान्य कुरा हो जुन अरु मिडियामा काम गर्ने पत्रकारहरुका लागि विलासिता वा झन्झटिला विषय हुनसक्छन ।
अनलाईन पत्रकारले कसरी लेख्ने, भिडियो खिच्ने र फोटो खिच्ने जानेर मात्र पुग्दैन त्यसलाई अनलाईनमा कसरी पोस्ट गर्ने वा अपलोड गर्ने भन्ने प्राविधिक ज्ञान पनि हुनुपर्छ । अनलाईन पत्रकारले खोज र रिपोटीङ्ग मार्फत तथ्यपूर्ण समाचार तुरुन्त लेख्नसक्ने क्षमता राख्नुपर्दछ ।
एउटा टेलिभिजन र रेडियो स्टेसन खोल्न करोडौँको लगानी आवश्यक हुन्छ ।तर, अनलाईन सन्चालन गर्नलाई अलि सजिलो पनि छ र अन्य सञ्चारका तुलनामा कम खर्च तथा झन्झट पनि कम हुन्छ ।सोही कारणले पनि अन लाईन खोल्नेको सख्या धेरै छ । तर सुरुमा सहजै प्रक्रिया बाट सन्चालनमा आएका केहि अन लाईनहरु अहिले वाषिक नविकरण नगर्ने,लेखापरीक्षण गर्न नसकि कम्पनि अध्यावधिक समेत नगरेको अवस्था छ । समानुपातिक विज्ञापन प्रणाली अन लाईन मिडियाले नपाउनुले पनि अन लाईन सन्चालनमा गाह्रो अवस्था सृजना भएको हो ।
यसरी अनलाईन पत्रकारिताको विकासले पैसा भएकाहरूको हातमा मात्र हुने परम्परागत मिडियाको शक्तिलाई विकेन्द्रिकरण गरी प्रविधि जानेका जोसुकैको पहुँचमा ल्याईदिएको छ ।
आज हजारौ पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन, अनलाइन जस्ता सञ्चार माध्यमहरु सञ्चालित छन । तर सञ्चार क्षेत्र अझै पनि सुरक्षित छैन । सञ्चारका माध्यमहरुको सङख्या बढे पनि पत्रकारिताको सामाग्रीको स्तर भने बृद्धिहुन सकेको छैन । साथै पत्रकारहरुको अवस्था दयनीय छ, पनि श्रमको उचित पारिश्रमिक पाउन सकेका छैनन ।
आज नेपाली पत्रकारिता क्षेत्र स्वतन्त्र हुन सकेको छैन । नेपाली संचार माध्यामहरु राजनीतिक पार्टीको मुखपत्र बन्दै राजनीतिक दलको पत्रकारिता गर्ने अवस्था नेपाली पत्रकारिताको लागि चुनौतीको बिषय बनेको छ । संचार माध्याममा राजनीतिक दलहरुको संरक्षण हुनु तथा समाचार लेखेका कारणले विभिन्न समस्याहरु जेल्नु परेको धेरै घटना छन । पत्रकारितामा भएका र हुने समस्याहरु समाधानका लागि आम पत्रकारहरु पनि गंभिर बन्न जरुरी देखिन्छ ।
दिपक भट्टराई,लेखक श्रीनगर एफ.एम तथा सुपादेउराली खबरका सम्पादक रुपमा कार्यरत हुन








