
बुटवल ।
लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।



माघे संक्रान्ती र माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने यसअघिको निर्णयलाई निरन्तरता दिएको हो ।
प्रदेश सरकार गठन भएको पहिलो वर्षदेखि थारु र मगर समुदायको महान् पर्व माघे संक्रान्ति र माघीको उपलक्ष्यमा प्रदेश सरकारले माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिदै आएको छ ।
यो बर्ष पनि माघे संक्रान्ति र माघीको उपलक्ष्यमा बिदालाई निरन्तरता दिइएको हो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ ।
सुचना :









