
दाङ- समाजमा सासुससुरा र बुहारीको सम्बन्धलाई नकारात्मक तरिकाले व्याख्या गरिन्छ । तर सबैमा यो लागु हुँदैन । छोराको अल्पायुमा नै मृत्यु हुँदा कतिपयले बुहारीलाई अलच्छिना जस्ता शब्द प्रयोग गरेर मानसिक यातना दिने गर्छन् ।



तर दाङमा बिहीबार एउटा रोचक दृश्य देखियो । जहाँ मण्डपमा सासुससुराले आफ्नी बुहारीको हात अर्कै पुरुषलाई दिएर कन्यादान गरिदिए ।
यो घटना दाङ जिल्ला तुलसीपुरको हो । छोरा सुविन श्रेष्ठको २०७४ साल कात्तिक ५ गते ३३ वर्षको उमेरमा (क्यान्सर रोग)को उपचारको क्रममा निधन भए ससुरा शिव श्रेष्ठ र सासु
बिना श्रेष्ठले आफ्नी बुहारी आरती श्रेष्ठलाई विवाह गर्नमात्रै भनेन् । एउटा योग्य वरको खोजी समेत सुरु गरे । अन्ततस् बर्दघाट नगरपालिका वडा नं। ५ पालडाँडा निवासी चन्दन ध्वज केसीसँग विवाह गर्ने निधो भयो ।
छोरा मरेपछि बुहारीलाई छोरीको रूपमा व्यवहार गर्दै आएका शिव र बिनाले आरतीलाई धुमधामसँग विवाह गरेर बिदा गरे । सारा गाउँलेलाई बोलाएर भोज पनि लगाए ।
आरतीको विवाहमा यहाँका जनप्रतिनिधी, स्थानीय राजनितिक दलका नेताहरुगणहरु, पत्रकार लगाएत विभिन्न क्षेत्रका व्यक्तीहरुको सहभागिता रहेको थियो ।








