पाल्पा ४,फाल्गुन
रिब्दीकोट गाउँपालिकाले वाश योजना निर्माणका लागी तथ्याक सकलन सम्वन्धि गणकहरुलाई एम .वाटर मोबाईल एप्लिकेशन सकलन सम्वन्धि ३ दिने तालिम सुरु गरेको छ ।
फाल्गुन ४ गते बाट सुरु भई ६ गते सम्म सञ्चालन हुने तालिममा पालीका भित्रका सुचना सकलन,वाश निर्माण का लागी एप्लिकेशन सम्वन्धि जानकारी तथा पालिकाको खानेपानी तथा सरसफाईको अवस्था को जानकारी गराउने र वाश योजना कार्यक्रम कसरी सफल बनाउने भन्ने विषयमा तालीम सञ्चालन हुनेछ ।नेपालको सविधानले आधारभुत स्तरको खानेपानी तथा स्वच्छता (वाश) सुविधालाई मौलीक हकको रुपमा प्रत्याभुत गरेकाले यसलाई ५.न. प्रदेश सरकारले प्रदेश भित्रका सबै जिल्लाका सबै नगरपालिका,गाउँपालिका भित्र कार्यक्रम सञ्चालन गर्ने योजना अन्र्तगत वाश निमार्ण को लागी रिब्दीकोट गाउँपालिकाले पनि तथ्याक सकलक हरुलाई तालिम प्रदान गर्न लागिएको निमित प्रमुख प्रशासकिय अधिकृत मणि खनालले जानकारी दिनुभयो तालिमको सफलताको कामना गदै खनालले तालिम पछी पालिकाले वाश योजना निर्माण गरी सबैका निम्ती स्वच्छ खानेपानी र स्वच्छता सम्वन्धि जानकारी सहीतको वाश योजना कार्यक्रम गर्न सक्ने वताउनुभयो ।उधाटन कार्यक्रमका अध्यक्ष तथा रिब्दीकोट गाउँपालिकाका प्रवक्ता विष्णु प्रसाद खनालले कार्यक्रमा मन्तव्य राख्दै यस कार्यक्रमले फोहोर मैला र फोहोर पानीको अवस्था पहीचान गर्न सकिने बताउनुभयो,उहाले वाश योजना निर्माण कार्यले स्थानिय तहको खानेपानी सरसफाई,स्वच्छता विषयमा राम्रो जानकारी हुने र यस तालिमले व्यहवारिक ज्ञान दिने सुचना सकलनमा सघाउ पुया्रउने बताउनुभयो ।वाश सँयोजक दिपक भट्ठराईले छिटो भन्दा छिटो रिब्दीकोट गाउँपालिकाले वाश योजना निर्माण गर्ने आशा व्यक्तm गनुभयो सँयोजक भट्ठराईले वाश योजना निर्माण निकै चुनैति पुर्ण काम भएकाले सबैको सहयोग चाहिने बताउनुभयो । तालिममा गाउँपालिकाका ८ वडा का १५ जना तथ्याक सकलकको सहभागिता रहेको छ ।











