पाल्पा, जुन सुकै काम पनि निरन्तर, धैर्यता, लगन परिश्रम र मिहनत गरे एक दिन अवश्य सफल हुन्छ । माथागढी गाउँपालिका ६ गोठादीका कालुराम लुङ्चेलाई कुखुरा पालनबाट आत्मनिर्भर र मनग्य आम्दानी गर्न सकिन्छ भन्ने लागेको थिएन । घर खर्च जुटाउनकै लागि उनी देश विदेश कहाँ पुगेनन् ? कामकै लागि धेरै ठाउँ धाएपनि तर उनी सफल बन्न सकेनन् उनलाई दुखले छाडेन् । पैसा कमाउनकै लागि इन्डिया पुगेका लुम्चे कम तलवमा दिनरात खट्नु पर्ने काममा परे । इन्डियाको काममा उनलाई न दाम, न सुख, न दिनमा भोक, न त रातमै निन्द्रा केही नभनी काममा मात्र खट्नु पर्यो । उनी त्यो काममा सन्तुष्ट हुन सकेनन् । उनी नेपाल फर्किए र आफ्नो देशमै केही गर्नु पर्छ भनेर कुखुरा पालन व्यवसाय सुरु गरे ।
कुखुरा पालनबाट राम्रो आम्दानी हुन थालेपछि उनलाई यस पेसा तर्फ मोह बढ्दै गयो । अहिले उनी यस क्षेत्रमै सफल कुखुरा पालक किसानका रुपमा परिचत छन् । सरुमा ५० चल्लाबाट व्यवसाय सुरु गरेका लम्चेले कुखुरा पालनबाटै अहिले मासिक ५० हजार आम्दानी गर्ने गरेको बताउछन् । इन्डियाको जागिरमा मैले धेरै दुःख पाए, लुम्चेले भने जति दुःख परेपनि आफ्नै देशमा गर्छु भनेर कुखुरा पालन सुरु गरे अहिले मेरो मुख्य रोजिरोटी नै यही बनेको छ । उनका २ फारममा ६ सय भन्दा बढी लोकल कुखुरा, बोइरल र कोइरल छन् । दैनिक १ सयको संख्यामा अण्डा उत्पादन गर्छन् । खानको लागि विक्री भएका अण्डा विक्री हुन्छ नभएका चल्ला उत्पादन गरी बेच्ने गर्छन् ।
कुखुराका अण्डा चल्ला जगात, माडी, सराई, तानसेन, रहवास लगायतका स्थानमा पुर्याउने गरेको लुङ्चे बताउछन् । गाउँपालिकाले चल्ला उत्पादनका लागि अनुदानमा ह्याचरी मेसिन दिएपछि उनलाई सहज भएको हो । उनले महिनामा २ सय भन्दा बढी लोकल, बोइलर र कोइलरका चल्ला उत्पादन गर्छन् । गाउँपालिकाले ह्याचरी मेसिन अनुदानमा दिएको छ, यही राम्रो चल्ला उत्पादन हुन्छ लुङ्चेले भने अण्डा र चल्लाको माग राम्रो छ । उनलाई व्यवसायमा श्रीमती कमलाले साथ दिएकी छन् ।
परिवारको राम्रो साथले पनि कुखुरा पालन व्यवसाय सफल बन्दै गएको लुङ्चेको भनाई छ । उनले कुखुरा पालनका साथसाथै मौरी पालन, बाख्रा र भैसी समेत पालन गरेका छन् । मौरी पालनबाट पनि राम्रो आम्दानी हुने गरेको उनले बताउछन् । ८ वटा घारमा मौरी पालन गरेका छन् । मौरीले पनि राम्रै दिएको छ कमलाले भनिन् घर खर्च बाल बच्चाको पढाई खर्च यसैबाट जुटेको छ । मौरीका घार बढाउदै जाने सोच छ, कुखुरा र मौरीले राम्रो आम्दानी दिएको छ, कमलाले पाल्पा खोज खबरसँग भनिन् दुख भएपनि पारिवारिक वातावरणमा काम गर्दा आनन्द महसुश हुन्छ यसैमा सन्तुष्ट छौं । लुङ्चे परिवारको यो सफलताले यहाँका किसानहरु कृषिमा हौसिएका छिन् ।
माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले गाउँपालिकाले किसानलाई आत्मनिर्भर र व्यवसायीक बनाउनका लागि प्राविधिक सहयोग तथा अनुदानका दिदै आएको बताए ।











