अर्घाखाँची फागुन,१८
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले जिल्लामा चौतर्फी रुपमा विकास निर्माणका कामहरु भैरहेकाले अब छिट्टै अर्घाखाँची जिल्ला देशको नमुना जिल्ला बन्ने दाबी गर्नुभएको छ। कमेरेपानीस्थित बालशिक्षा आधारभुत विद्यालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक भेलाको उद्घाटन समारोहमा बोल्दै ३ वर्ष भित्रमा सबैको घरघरमा पानीको धारो पुराउने गरी योजनाका कामहरु भईरहेको जानकारी दिनुभयो ।
अहिले जिल्लाका सम्पुर्ण नगरपालिका तथा गाउँपालिकाका सम्पूर्ण वडामा आधारभुत स्वास्थ्य संस्थाहरु निर्माणको चरणमा रहेकाले विकासले गति लिएको बताउनुभयो । अब उत्पादनसँग जोडेर जिल््लाई स्वरोजगार बनाउनु पर्छ । उहाँले भन्नुभयो– ‘मुलुकभर राष्टिय योजनाका सडक ८० वटा हुँदा अर्घाखाँचीमा मात्र ८ वटा राष्ट्रिय स्तरका योजनाहरु सञ्चालनमा हुनु त्यसको गतिलो उदाहरण हो’ ।
प्रदेश सभा सदस्य चेतनारायण आचार्यले शिक्षा क्षेत्रको सुधार गर्नको लागि सबै एक जुट हुनु पर्ने बताउनु बताउनुभयो । वर्तमान शिक्षा प्रणालीमा आमल्ुल परिवर्तन गर्न सके मात्रै मुलुक समृद्धिको दिशामा अगाडी बढ्ने बताउदै प्राबिधिक र रोजगार मुलक शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनु भयो । आचार्यले नेकपाले निर्बाचनको बेला जन्ता माझ बोलेका प्रतिबद्धताहरु पुरा हुने चरणमा रहेका स्पस्ट पार्नुभयो । मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले सो विद्यालयलाई माध्यमिक विद्यालय सञ्चालन गर्नका लागि आवस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।त्यस्तै जिल्ला भर शिक्षा क्षेत्र सुधार गर्न दरबन्दी मिलान, १ कक्षादेखी नै अंग्रेजी माध्यममा पठन पाठन सुरु गरेको बताउनुभयो ।शिक्षाबिद् नरेन्द्रकुमार क्षेत्रीले माध्यमिक बिद्यालय समुदायको लगानीमा सञ्चालन गर्ने बिषयमा सेतो हात्ती पाल्नु सरह भएकाले आर्थिक अवस्था मजबुत बनाउनु पर्ने बताउनु भयो ।कार्यक्रममा भुमेदह माविका प्रध्यानाध्यापक भुपेन्द्र थापा, विद्यालयका पूर्ब व्यबस्थापन समितिका सदस्य कृष्णबहादुर बस्नेत विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद पन्थीले बोल्नु भएको थियो ।वार्षिक उत्सवको अवसर पारिविद्यालयले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो । साथै विद्यालयका कक्षा एकदेखि सात कक्षा सम्मका प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी तथा अनुशाशित, लगनशिल छात्रा छात्र हरुलाई पुरस्कार वितरण गरीएको थियो ।











