
प्रधानमन्त्री केपी ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण नेपालमै हुनेभएको छ । बुधबार मिर्गौला प्रत्यारोपणका लागी ओली सोमबार बेलुकी
काठमाण्डौं ,महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको हो । यो भन्दा पहिले २०६४ सालमा भारतको दिल्लीमा रहेको एपोलो अस्पतालमाओलीको मिर्गौला प्रत्यारोपणा गरिएको थियो । उतिबेला बुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दान गर्नुभएको थियो । यस पटक भान्जी नाताकी समीक्षा घिमिरेले मिर्गौला दान गर्ने भएपछि उहापनि सोमबार नै अस्पताल भर्ना हुनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुपहिले सोमबार दिउँसो प्रधानमन्त्री ओलीले भिडिओ सन्देश दिदै कैयौं सपनालाई अलपत्र छाडेर अलप नहुने भन्दै आफू चाँडै निको भई नियमित काममा फर्किने बताउनुभएको छ । प्रधानमन्त्री वलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार मिर्गौला प्रत्यारोपणका लागी आवश्यक तयारी शुरु भएको छ ।
डाक्टर प्रेम ज्ञवालीको नेतृत्वमा , डा।उत्तम शर्मा, डा।पवनराज चालिसे, डा।दिव्या सिंह शाह, डा। सुवास आचार्य लगायतको टोली वलिको मिर्गौला प्रत्यारोपणमा खटिएका सरकारले जनाएको छ । उक्त टोलीमा दुईजना एनेस्थेसियाका डाक्टर र आठजना नर्स तथा स्वास्थ्यकर्मी रहेका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा। दिलिप शर्मा, डा। अरुण सायमि, डा। भगवान कोइरालाले पनि उपचारमा सहयोग गर्ने सल्लाहकार थापाले जानकारी दिनुभयो । अस्पताल जानु अघि प्रधानमन्त्री ओलीसंग भेट गर्दै उपराष्ट्रपति नन्द बहादुर पुनले नेपालमै मिर्गौला प्रत्यारोपण गर्नुलाग्नुभएकोमा देशबासी खुशि भएको बताउनुभएको थियो ।











