पाल्पा, पाल्पामा तेक्वाण्डोको पेटी परिक्षा सम्पन्न भएको छ । तानसेन –७, बाँस्टारी स्थित विस्डोम तेक्वाण्डो डोजाङको परिक्षा सम्पन्न भएको हो । आज भएको पेटी परिक्षमा सेतो देखि रातो पेटीका ३० जना विद्यार्थीले परिक्षा दिएका छन् । परिक्षामा प्रशिक्षक विष्णुबहादुर नेपाली, श्यामबहादुर गाहा, कृष्ण थापा, साजन पचभैया र विशाल गौतमले सहजिकरण गरेका थिए । आइ.टी.एफ. तेक्वाण्डो जिल्ला समिति पाल्पाका उपाध्यक्ष कृष्ण थापाले खेलको बारेमा सैद्धान्तिक विषयमा प्रशिक्षार्थीहरुलाई सहजिकरण गरेको थिए । विस्डोम तेक्वाण्डो दोजाङका प्रशिक्षक देव थापाले खेलले खेलाडीहरुलाई मर्यादित र अनुसानको पाठ सिकाउदै विद्यार्थीको सक्रियताले पढाईमा समेत राम्रो नतिजा ल्याउन मद्दत पुगेको बताए । उनले आफ्नो डोजाङका प्रशिक्षर्थीहरुले विभिन्न खेलमा राम्रो जित हासिल गर्न सफल भएको समेत बताए ।











