पाल्पा, पाल्पाको तानसेन नगरपालिका –७ प्रभासको लेकसाइडमा प्रत्येक वर्ष मनाइने फागु महोत्सव यस वर्ष नहुने भएको छ । कोरोना भाइरसका कारण महोत्सव स्थगित गरिएको हो ।
वंश गोपाल युवा क्लवको आयोजनामा प्रत्येक वर्ष फागु पूर्णिमाका दिन हुने सो महोत्सव नेपालमा पनि कोरोना भाइरसको त्रास बढेपछि रोकिएको क्लवका अध्यक्ष प्रदिप खनालले जानकारी दिए । यस भाइरसबाट बच्नका लागि जिल्ला प्रशासन कार्याालय, नगरपालिका तथा गाउँपालिकाहरुले कुनै पनि खालको महोत्सव नगर्न निर्देशन समेत दिएका छन् । कोरोना भाइरसबाट बच्न केन्द्रय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारहरुले महोत्व, विभिन्न पार्टी भोज भतेर, भीडभाड भएका स्थानमा आम नागरिकलाई नजान आग्रह गरेका छन् ।











