



दिपक भट्टराई फागुन २६,
लोक दोहोरी क्षेत्रमा बसन्त लम्साल पछिल्लो समय चल्तिका गायक हुन् उनको काम र नाम पनि ठ्याक्कै मेल खान्छ।अर्घाखाँचीमा जन्मेको एउटा ठिटो मध्यम परिवारमा हुर्केका लम्साल सायद भड्किलो जिवनशैली उनको जिवनकालमा सुचिकृत भएन।साधारण मानिस पनि कलात्मक एवम् कर्मयोगी कसरी भएत भन्ने प्रशन वा जिज्ञासा उठ्न सक्छ।

उनि पछिल्लो समय मा एक न एक गीत बाट चर्चा मा आएका छन् उनै गायक लम्साल अहिले लोकदोहोरी क्षेत्रमा भाइरल भएका छन् उनको हालै मात्र बजारमा निस्केको टिकटक गीति एल्बमले बजारमा तहल्का मच्चाएको छ।के बच्चा ,के जवान ,के बुढाबुढी हरेकको मुख(मुखमा टिकटक गीत झुन्डिएको छ।गीतमा स्वर्णिम स्वर,संगीत र उत्कृष्ट संगीत संयोजनले गीतलाई थप रोमान्चित बनाएको छ।
चर्चित सर्जक कृष्ण थापाको शब्द र गायक बसन्त लम्सालको संगीतमा स्वयं गायक लम्सालकै स्वर तथा गायिका अनिता मगरको स्वरले गीतलाई मनोमहक बनाएको छ।एल्बममा काजिस श्रेष्ठले निर्देशन गरेका छन् भने अभिनय करिस्मा ढकाल र साजन बोहोराको रहेको छ।गीतलाई अर्घादरवार फिल्मस प्रालिले बजार ब्यबस्थापन गरेको छ।छोटो समयमै अत्याधिक दर्शक(श्रोताको रोजाइमा परेको यस गीतले अरु गीतलाई फिक्का बनाउने निश्चित छ।








