
कमल कान्त खनाल
पाणिनी अर्घाखाँची,



पाणिनी गाउँपालिका, वडा नं २ को कार्यालयद्वारा महिला शसक्तिकरण कार्यक्रम अन्तर्गत खेलौना तथा कुशन बनाउने तालिम सुरू(गरेको छ पाणिनी गाउँपालिका, वडा नं २ को कार्यालयको आयोजनामा पोखराथोकमा महिलाहरूका लागि वडास्तरीय खेलौना तथा कुशन वडा बनाउने तालिमको सुरूवात गरिएको छ । गाउँपालिकाको चालू आर्थिक वर्षको लक्षित कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो । दश दिन सम्म सञ्चालन हुने सो कार्यक्रमको अध्यक्षता वडा नं २ का वडा अध्यक्ष नेत्रप्रसाद भट्टराई र विशेष आथित्यता पाणिनी गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले गर्नु भएको थियो । सामाजिक विकास शाखाका प्रमुख कमलकान्त खनाल, वडा नं २ का वडा सदस्यहरू लक्ष्मी बि क रामबहादुर क्षेत्री, नरेन्द्र बहादुर पहराइ, लक्ष्मी सुनाखरी र प्रशिक्षक पद्मा सिंजाली अतिथि रहनु भएको सो कार्यक्रमको सञ्चालन वडा सचिव सर्मिला बस्यालले गर्नु भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले महिलाहरू जबसम्म आर्थिक रूपमा सक्षम हुदैनन् तब सम्म परिवार र समाजमा महिलाहरू प्रतिको व्यवहार परिवर्तन नहुने धारणा राख्नु भयो । परिवारको हेरचाह, पालनपोषणका साथसाथै अन्य घरायसी काम सम्पादन गरी बचेको समय यस्ता शिपमुलक कार्यमा लगाउदा त्यसले आत्मसम्मान र हौसला बढ्ने बताउदै महिलाहरूले सिकेको शीपको उपयोग गर्नु पर्ने र शिपबाटै उद्यम र स्वरोजगारमा लाग्न प्रेरित गर्नु भयो । १० दिन सम्म सञ्चालन हुने तालिममा १२ जना महिलाहरूको सहभागिता रहेको छ ।

तेस्तै गरि पाणिनी गाउँपालिकाको वडा नं २ र ३ मा अनलाइन घटना दर्ताको पनि सुरूवात गरिएको छ । यस सगै गाउँपालिकाका ५ वडाहरु VERSP-MIS मा आवद्ध भएका छन् ।








