
दिपक भट्टराई,चैत्र ६,



पाणिनी गाउँपालिका, अनलाइन व्यक्तिगत घटना दर्ता प्रणाली कार्यमा जिल्ला मै पहिलो भएको छ गाउँपालिकाका सबै ८ वडाहरूमा अनलाइन घटना दर्ता सञ्चालन गरिएसंगै पाणिनी गाउँपालिका अर्घाखाँची जिल्लामा पूर्ण अनलाइन घटना दर्ता गर्ने पहिलो स्थानीय तह बन्न पुगेको हो ।राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तालार्इ व्यवस्थित बनाउन अनलाइनमा आधारित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली VERSP-MIS को माध्यमबाट व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणलार्इ प्रविधिमा आधारित बनाउन स्थानीय तहहरू संग समन्वय गरी कार्यक्रम अगाडी बढाएको र सोही बमोजिम नै पाणिनी गाउँपालिकाले अनलाइन व्यक्तिगत घटना दर्ता प्रणालीको सुरुवात गरेको बताएको छ । अब गाउँपालिकाका सबै ८ वडाहरूमा अनलाइनमा आधारित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली माफर्त काम हुने पाणिनी गाउँपालिका सामाजिक विकास शाखा प्रमुख कमल कान्त खनालले जानकारी दिनुभयो ।








