
पाल्पा, चैत्र १३ ,



पाल्पा को पहिलो व्यवसायी एफ एम श्रीनगर एफ एम ९३ दशमलब २ मेगाहर्ज पाल्पा १७ बर्षमा प्रवेश गरेको छ । २०६० साल चैत १३ गते श्रीनगर एफ,एम ले प्रसारण आरम्भ गरेको थियो । बिहान ५ बजे बाट बेलुकी ११ बजे सम्म दैनिक १८ घण्टा प्रशारण भैरहेको श्रीनगर एफ,एम हजार वाटको क्षमतामा छ । तानसेनको कैलाशनगर मा रहको यस एफ,एम ९३ दशमलब २ मेजाहर्जमा पाल्पा,स्याङ्गजा, गुल्मी, अर्घाखाची, पर्बत, बाग्लुङ्ग, मनाङ्ग, मुस्ताङ्ग ,रुपन्देही, नवलपरासी, कपिलबस्तु, चितवन लगाएतका जिल्लामा सुन्न सकिन्छ भने ईन्टरनेट अनलाईनको मार्फत संसारभर प्रतक्ष्य रेडियो सुन्न र समाचार पढ्न सकिन्छ । पाल्पा र आसपासका क्षेत्रमा रहको शिक्षा, स्वास्थ्य, पर्यटन, कुटीर उद्योगको प्रचुर सम्भावनालाई उजागर गर्दै यस भेगमा आर्थिक सामाजिक क्षेत्रको बिकासमा फड्को मार्ने उदेश्यले श्रीनगर एफ,एम को स्थापना भएको थियो । सुचना, शिक्षा, स्वास्थ्य र मनोरञ्जनका कुरालाई समाचार तथा कार्यक्रममा प्राथमिकता दिदै आएको श्रीनगर एफ,एम गरिवी न्युनीकरणको लागी पहल गर्न जनप्रतिनिधिलाई जनउत्तरदायी बनाउदै सुशासन कायम गर्न पनि अग्रसर छ । हरेक समय र क्षण , क्षणमा देश बिदेश अनि गाउटोलमा घटेका घटना लाई तत्काल स्रोता माझ पुर्याउन तल्लीन श्रीनगर हाईलाईट निकै लोकप्रिय छ । दुरदराज तथा कुनाकन्धरामा रहेका आवाज विहीनहरुको आवाज निती निर्माताहरु सम्म पुराउन र निर्माताले बनाएका निती नियमको जानकारी सर्वसाधारलाई दिन रेडियो प्रभावकारी बनेको छ । स्थानिय खबरहरुलाई समेटिएको समयसन्र्दभ निकै प्रभाबकारी बनेको छ ।
एफ,एम १६ बर्ष पुरा गरी १७ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा प्रालिका अध्यक्ष भिमसेन कार्कीले सबै स्रोता, बिज्ञापन दाता, सुभेच्छुक, लगानीकर्ता तथा कर्मचारीहरुलाई शुभकामना ब्यतm गर्दै आगामी दिनमा पनि थप सुझाब, सल्लाहा र सहयोगको आशा गर्नुु भएको छ । अध्यक्ष कार्कीले कोरोना भाईसरका कारण देश बिसम परिस्थितिमा रहेकाले प्रा.लिको वार्षिक उत्सवका अवसरमा समेत कुनै कार्यक्रम नगरिएको बताउनुभएको छ । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका बाट बच्च सबैले शामुहिक प्रयास गर्दे समस्या मसाधानका लागी हातेमालो गर्नु आवश्यक रहेकोमा जोड दिनुभएको छ ।








